चीनबाट उद्धार गरी भक्तपुरको क्वारेन्टाइनमा राखिएका नेपालीलाई केही दिनमा घर पठाइने



भक्तपुर । सरकारले कोरोना भाइरसविरुद्धको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी यही फागुन ४ गते भक्तपुरको क्वारेन्टाइनमा राखिएका १९३ नेपालीलाई १७आँै दिनमा घर फर्काइने भएको छ । खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाले शुक्रबार १३ दिन सफल रुपमा पार गरेका छन् ।

यसअघि ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब (सास) नमूना सङ्कलन गरी परीक्षणपछि आएको रिपोर्टमा कसैमा पनि कोरोनाको सङ्क्रमण नदेखिएको र अन्तिम पटक शनिबार फेरि सबैको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरि परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । शनिबार शुरुमा नगरकोटमा रहेका १८ जनाको बिहान आठ बजे र त्यसपछि त्यही टोलीले ११ बजेसम्ममा खरिपाटीमा रहेका १७५ जनाको नाक र घाँटीबाट स्वाबको नमूना सङ्कलन गरिने मन्त्रालयले जनाएको छ ।

शुरुको दिन गरेको स्वाब परीक्षणदेखि हालसम्म दैनिक दुईपटक भएको ज्वरो नापमा कसैमा पनि कोरोनाको लक्षण नदेखिएको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा खटिएका नेपाली सेनाका क्याप्टेन डा नवीन फुयाँलले जानकारी दिए । यहाँ स्वास्थ्य परामर्श पनि भइरहेको र कसैलाई पनि कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएको जानकारी दिँदै उनले शनिबार सङ्कलन गरिने स्वाबको राष्ट्रिय प्रयोगशालामा परीक्षण गरी आउने रिपोर्टमा नेगेटिभ देखिए क्वारेन्टाइनमा रहेका सबैलाई घर फर्काइने भएको हो ।

शनिबार सङ्कलन गरिने र्याल नमूना परीक्षणको रिपोर्ट १७ गतेसम्म आउने र ढिलोमा १८ गतेसम्ममा उनीहरुलाई घर फर्काइने भएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको दुई हप्तापछि दोस्रोपटक फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानअनुसार नै शनिबार परीक्षण हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

‘दुई कदम’को मुस्ताङमा छायाँकन हुँदै

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘दुई कदम’को छायाँकन यतिवेला धमाधम