सैनिक मुख्यालय भित्र हुने भ्रष्टाचार पनि छानबिनको दायरामा आउँछः रक्षामन्त्री पोखरेल



काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचारमा संलग्न हुने कसैलाई पनि उन्मुक्ति नदिने स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आफ्नो दुई वर्षे कार्यकालको कार्यप्रगति विवरण सार्वजनिक गर्दै रक्षामन्त्री पोखरेलले नेपाली सेनामा मात्रै नभएर जुनसुकै क्षेत्रमा हुने भ्रष्टाचार सरकारलाई स्वीकार्य नभएको बताएका हुन् ।

पोखरेलले सैनिक मुख्यालय जङ्गी अड्डाभित्र हुने भ्रष्टाचार छानबिनको दायरामा आउने बताए । शान्ति सेनामा पठाउने सम्बन्धमा शान्ति सेना छनोट कार्यविधि तयार पारिएको र त्यसै अनुसार हुने उनले बताए ।

दुईवर्षे अवधिमा नेपाली सेनाभित्रको संस्थागत सुधार गर्न सकिएको उनले बताए । सैनिक ऐन २०६३ मा नमिलेका विषयहरू आवश्यक संशोधन गरिएको जानकारी दिँदै रक्षामन्त्री पोखरेलले मन्त्रालय, नेपाली सेना मात्रै नभएर राष्ट्रलाई महत्वपूर्ण हुने राष्ट्रिय सुरक्षा नीति २०७३ परिमार्जन गरेर २०७५ पारित गरिएको जिकिर गरे ।

पोखरेलले सेनाको सांगठनिक जीवनसँग गाँसिएका विभिन्न नियमावली पारित गरिएकोसमेत जानकारी दिए । पोखरेलले संवैधानिक व्यवस्था अन्तर्गत नै सेनालाई विकास निर्माणको जिम्मेवारी दिएको प्रष्ट पारे । उनले विभिन्न देशहरूसँग दुईपक्षीय सहयोग आदानप्रदानका कामहरूसमेत यो दुई वर्षमा भएको बताए ।

उनले रक्षामन्त्रालयले ऐतिहासिक गढी, किल्लाको संरक्षण गर्ने काममा देशभरी संरक्षणको काम शुरु गरिएको जानकारी दिए । सेनाले विभिन्न उद्धार तथा राहतका कार्यक्रममा निरन्तर काम गरिएको भन्दै मन्त्री पोखरेलले सेनाले नेपालको खेल क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा तथा पदस्थापन, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी)मा

प्रदर्शनकारीमाथि बल प्रयोग गर्नुपर्ने अवस्था आए मानव अधिकारको सम्मान गर्न एआईजी तामाङको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले काठमाडौ उपत्यकामा हुने कुनै

कृष्णमोहनका सपना साकार पार्न संगठन क्रियाशील छः आईजीपी अर्याल

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी राजु अर्यालले स्वर्गीय कृष्णमोहन श्रेष्ठले देखेको

सगरमाथा आरोहण गरेकी प्रहरी नायव निरीक्षक शेर्पालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गरेकी प्रहरी नायब निरीक्षक