कोरोनाभाइरसका कारण इटलीका एक दर्जन सहर बन्द



युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू भेटिएपछि इटलीले यसको प्रकोप नियन्त्रण गर्न “असाधारण उपाय” अपनाउने भएको छ।

कोभिड-१९ का बिरामीहरूको सङ्ख्या ७९ पुगेपछि शनिवार राती प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्‌कालीन योजना घोषणा गरेका हुन्।

सो घोषणा दुईजना इटालीयन नागरिकहरूको कोभिड-१९ का कारण मृत्यु भएपछि भएको हो। योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरहरूलाई क्वारन्टीनको अवस्थामा राखिएको छ।

ती सहरहरूका झन्डै ५०,००० मानिसहरूलाई घरभित्रै रहन भनिएको छ। प्रधानमन्त्री कोन्टेले सो सहरहरूमा प्रवेश गर्न वा त्यहाँबाट निस्कन विशेष अनुमतिविना निधेष गरिएको छ।

त्यहाँ सबै विद्यालय र खेलकुद गतिविधिहरू निलम्बन गरिएको छ। आइतवार त्यहाँ सीरी ए का केही फुटबल खेल हुने तालिका थियो।

प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ। इटलीका अधिकारीहरूले कोरोनाभाइरस फैलिएको र यस्ता उपायविना नियन्त्रण गर्न नसकिने बताएका छन्।

“यो भाइरस सर्ने सम्भावना निकै धेरै छ,” लाम्बार्डीका स्वास्थ्य प्रमुखले बताए। चीनको हुबे प्रान्तमा गत वर्ष शुरू भएको कोरोनाभाइरस २६ देशमा फैलिसकेको छ र चीनबाहिर १,४०० भन्दा बढी सङ्क्रमित भएको र ११ जनाको मृत्यु भएको छ।

चीनका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिवार यसको नयाँ सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या घटेको छ। तर त्यहाँ अहिलेसम्म ७६,३९२ सङ्क्रमण र २,३४८ मृत्यु पुष्टि भइसकेको छ।

दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्।

शुक्रवारयता थप २२९ जनामा कोभिड-१९ गराउने भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका