अवैध शुल्क असुल्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्न चिकित्सक केसीको माग



काठमाडौं  । चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि संघर्षरत डा गोविन्द केसीले विद्यार्थीसँग अवैध रुपमा शुल्क असुल्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्ने कदम चाल्न चिकित्सा शिक्षा आयोगलाई ध्यानाकर्षण गराएका छन्।

बुधबार विज्ञप्ति जारी गर्दै केसीले विद्यार्थीसँग अवैध रुपमा असुलिएको रकम फिर्ता नगर्ने तथा नयाँ विद्यार्थीसँग कुनै पनि बहानामा अवैध शुल्क लिन खोज्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्ने कदम चाल्न चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराएका हुन्।

प्रेस विज्ञप्ति

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि हामी लामो समयदेखिख संघर्षरत छौं । हाम्रै अभियानको दबाबका कारण राज्य मेडिकल शिक्षाका विभिन्न कोर्सहरुको शुल्क तोक्नेदेखि चिकित्सा शिक्षा ऐन ल्याउनेसम्मका काम गर्न बाध्य भएको छ । तर भ्रष्ट र आपराधिक राजनीतिक नेतृत्वका कारण हरेक पाइलामा विद्यार्थी र अभिभावकहरुलाई ठग्ने, मेडिकल माफियालाई पोस्ने र हामीसँग भएको सम्झौता उल्लंघन गर्ने सिलसिला चलेको छ ।

पछिल्लो समय अवैध शुल्कको असुलीविरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेर ठूलो मुल्य चुकाएका छन् । त्यस क्रममा सरकारले अवैध रुपमा असुलिएको रकम फिर्ता गराउने वाचा पनि गरेको छ । तर फेरि पनि मुख्य राजनीतिक दलका नेताहरुको मेडिकल माफियासँगको साँठगाँठ र संरक्षणका कारण शुल्क फिर्ता गर्नु त कता कता, नयाँ भर्ना हुन आएका विद्यार्थीहरुसँग करोडौं बढी असुल्ने प्रयास भइरहेको छ । यसबाट देशमा दण्डविहीनता कति छ भन्ने त देखिन्छ नै अपराधी र माफियाहरु राज्यको प्रत्यक्ष संरक्षणमा छन् भन्ने पनि पुष्टि हुन्छ ।

यो अवस्थामा कुनै विलम्ब नगरी विद्यार्थीलाई अवैध रुपमा असुलिएको रकम फिर्ता नगर्ने तथा नयाँ विद्यार्थीसँग कुनै पनि वहानामा अवैध शुल्क लिन खोज्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेजसम्ँम गर्ने कदम चाल्न चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराउँछौं । यस्तो गम्भीर आर्थिक अपराध भइरहँदा रमिते बनेर बस्ने हो भने आयोगका अध्यक्ष रहेका प्रधानमन्त्री र उपाध्यक्षको नैतिकता र कार्यक्षमतामाथि पुनः एकचोटि प्रश्न उठ्ने निश्चित छ ।

साथै चिकित्सा शिक्षा ऐनलाई जनता र विद्यार्थीमुखी हुने गरी संशोधन गर्ने लगायत हामीसँग विगतमा भएका सबै सम्झौताहरु कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराउँछौं । त्यसो नभएमा कुनै पनि बेला आन्दोलनका कडा कार्यक्रमहरु ल्याउन बाध्य हुने जानकारी गराउँछौं ।

डा गोविन्द केसी

२०७६।११।७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 कक्षा १२ को परीक्षामा तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

  भक्तपुर ।  कक्षा १२ परीक्षा शुक्रबारदेखि देशभर एकैसाथ सुरुहुँदै छ । बिहान

नाम परिवर्तनका लागि  दुई सयभन्दा बढी विद्यालय महानगरको सम्पर्कमा

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

नेपाललाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्ने सरकारको तयारी

  काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले