आफ्ना माग पूरा गर्न भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको एक महिने अल्टिमेटम



काठमाडौं । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूले एक महिनाभित्र आफ्ना मागहरू पूरा नभए आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन् । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी भूपू गोर्खा सैनिकले समान पेन्सन सेवा, नेपालमा बेलायत सरहकै निःशुल्क स्वास्थ्य सुविधा, कटौती तथा मारमा परेका सबैलाई चित्तबुझ्दो क्षतिपूर्ति, बयस्क छोरा–छोरीहरूलाई बेलायतमा निःसर्त आवासीय भिसा दिनुपर्ने माग गर्दै आमरण अनशनको चेतावनी दिएका हुन् । बेलायत सरकारले समान व्यवहार नगरेको, सेवाको स्वच्छ मूल्यांकन नभएको र मानवीय व्यवहारसमेत नगरेको भन्दै लामो समयदेखि संघर्षरत गोर्खा सैनिकहरूले एक महिनाभित्र आफ्ना माग पूरा गर्न चेतावनी दिएका हुन् ।

विधवाहरूको समान पेन्सनको व्यवस्था हुनुपर्ने, भूपू गोर्खा सैनिकहरूको स्वाभिमान, राष्ट्रियता, मानवअधिकार र सम्मानको अनुभूत गर्ने गरी माग पूरा गर्न नेपाल र बेलायत सरकारसँग माग गरिएको भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए । भूपू गार्खाहरूले मार्च १५, २०२० सम्म दुवै देशले समिति गठन गरी वार्ताको सुरुवात गर्ने विश्वास लिएका छन् । त्यसबेलासम्म आफ्ना मागका विषयमा गम्भीर नभए आमरण अनशनका साथै मुद्दाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायमा लैजाने चेतावनीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन