आफ्नै हिन्दूहरूसँग नै वंश र अंशको हिसाव किताव खोजौं



डा. गोविन्दशरण उपाध्याय ।

पैसाको लोभमा धर्म परिवर्तन गरेर इसाई बने पनि दलितहरूको पानी चल्दैन, दलित बालबालिकाले विद्यालयमा प्रवेश पाउन्नन् र दलित इसाईहरूले छोएको इसाईहरूले नै खाँदैनन् | तैपनि नेपालमा डलर बोकेर आएका इसाईहरूले दलितहरूको धर्मपरिवर्तन गरिरहेका छन् | दलितहरू डलरेहरूको मांखेसाग्लोमा परेका परै छन् |

गैरदलितबाट इसाई बनेका नेपालीहरूले दलित समुदायबाट इसाई बनेका समुदायसंग विवाह वा अन्य कुनै पारिवारिक सम्बन्ध स्थापित गर्दैनन् | धर्म परिवर्तन नगरेसम्म हरेक दिन घरमा गएर प्रलोभन दिनेहरू वाप्स्तिमा लिएको दिन देखि सोध्न पनि आउंदैनन् | जातीय विभेद मुखले हुँदैन भन्ने हो ब्यबहारमा चर्चभित्र नै दलितहरू अपहेलित हुन्छन् – एकजना मेरै गाउँले इसाईले मलाई पुन: हिन्दू धर्ममा फर्काउन अनुरोध गर्दै भनेका थिए |

अहिले उनी हिन्दू भएका छन् | हिन्दू धर्मको पालना गर्दै आफ्नो अंश खोजिरहेका छन् | राज्यले बनाएको कानुनले उनलाई सहयोग गरिरहेको छ |

धर्म परिवर्तन गरेर विदेशीहरूको अपमानपूर्ण विभेद सहनुभन्दा वरू आफ्नै हिन्दूहरूसंग नै वंश र अंशको हिसाव किताव खोजौं | धर्म परिवर्तन गरेर देश, समाज र आफ्नो संस्कृतिप्रति शत्रुतापूर्ण व्यवहार नगरौं | तमिलनाडुका दलित इसाईहरू पुस्ता-पुस्तापछि सनातन धर्ममा फर्किन थाले |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी