कोभिड-१९ ले चीनको हुबेमा एकै दिनमा २४२ जनाको मृत्यु, बिरामीको सङ्ख्या पनि बढ्यो



चीनको हुबे प्रान्तमा नयाँ कोरोनाभाइरस सङ्क्रमण भएका २४२ जनाको बुधवार मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्।

त्यहाँ कोभिड-१९ नाम दिइएको उक्त रोगको प्रकोप फैलिएपछि एकै दिनमा मृत्यु हुने मानिसको यो सर्वाधिक सङ्ख्या हो।

नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्या पनि ह्वातै बढेको छ। त्यहाँ थप १४,८४० जनामा उक्त भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ।

यससँगै मृतकहरूको कुल सङ्ख्या १,३५० र सङ्क्रमण भएका बिरामीको सङ्ख्या झन्डै ६०,००० पुगेको छ। मङ्गलवारसम्म नयाँ सङ्क्रमणको सङ्ख्या स्थिर भएको देखिएको थियो।

यसैबीच चिनियाँ कम्युनिस्ट पार्टीले हुबे प्रान्तका सचिवलाई हटाएर शाङ्घाईका पार्टी प्रमुखलाई त्यहाँ पठाएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

हुबेमा कोरोनाभाइरसको प्रकोप फैलिएपछि पार्टी पदाधिकारीहरूमा गरिएको यो सबैभन्दा ठूलो परिवर्तन हो। केही दिनअघि सरकारले स्वास्थ्यसेवाबाट केही अधिकारीहरूलाई पदमुक्त गरेको थियो।

चीनभरि भएका सङ्क्रमित मानिसमध्ये ८० प्रतिशत हुबेका हुन्। उक्त प्रान्तले अहिले चिकित्सकीय रूपमा रोग निदान भएका मानिसको सङ्ख्यालाई मात्र सङ्क्रमण पुष्टि भएको तथ्याङ्कमा समाविष्ट गर्ने थालेको छ।

अब न्यूक्लेइक एसिड परीक्षणमा मात्र निर्भर नभएर सङ्क्रमणका लक्षण तथा सीटी स्क्यान गर्दा फोक्सोमा परेको असर देखिए मात्र रोग लागेको पुष्टि गरिनेछ। वुहानमा ज्यान गुमाउने २४२ मध्ये १३५ मा त्यसरी नै रोगको पुष्टि गरिएको थियो।

अर्थात् नयाँ परिभाषा अनुसरण नगर्दा पनि बुधवार १०७ जनाको मृत्यु भएको थियो। नयाँ सङ्क्रमण भएका कुल १४,८४० मध्ये १३,३३२ जनामा नयाँ विधिबाट रोग लागेको पुष्टि भएको थियो। अहिलेसम्म उक्त प्रान्तमा सङ्क्रमण भएको व्यक्तिको सङ्ख्या ४८,२०६ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

  क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको

विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह

    विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री

इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध