चीनको हुवेईमा रहेका नेपालीको तत्काल उद्दार गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चीनबाट स्वदेश फर्किन चाहने नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको आयोगको बैठकले आफ्ना नागरिकलाई शीघ्र र सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिने निर्णय गरेको हो ।
आयोगले चीनबाट नेपालीलाई स्वदेश फर्काउने विषयमा सरकारले गरिरहेको कामको जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगमा बोलाउने निर्णय पनि बैठकले गरेको सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।