‘दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो’ भन्दै तरुण दलको प्रदर्शन



काठमडौं । नेपाल तरुण दलले ललिता निवास प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएको भन्दै आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर पार्टी उपसभापति गच्छादारमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको भन्दै तरुण दलले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा तरुण दलका नेता कार्यकर्ताले दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो, नेपाल पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार जस्ता नारा लगाएका थिए । यसअघि शुक्रबार नेविसंघले पनि अख्तियारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेको थियो । यता माउपार्टी नेपाली कांग्रसले आइतबार तेस्रो दिन पनि संसद अवरुद्ध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको

प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा नदिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएका छन् । कांग्रेस र

नयाँ गठनबन्धमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठनबन्धमा सहभागी नहुने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको महाधिवेशनमा चार प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेशनमा विभिन्न चार विषयका प्रतिवेदन माथि