सार्स भन्दा पनि कोरोनाभाइरस खतरनाक !



चीनमा फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले ज्यान जानेको सङ्ख्या आइतबारसम्म ८ सय ११ पुगेको छ । करिब बीस वर्षअघि सार्स भाइरसको सङ्क्रमण फैलँदा मारिएको सङ्ख्यालाई कोरोनाभाइरसले उछिनेको छ ।

सन् २००३ मा सेभेर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम वा सार्स भनिने भाइरसको सङ्क्रमणबाट विश्वभरका दुई दर्जन देशमा ७७४ जनाको ज्यान लिएको थियो । कोरोनाभाइरसले चीनको हुबेइ प्रान्तमा मात्र ७८० जनाको ज्यान लिइसकेको छ भने कुल मारिनेको सङ्ख्या ८११ पुगेको छ । तीमध्ये एकजनामात्र चीन र हङ्कङभन्दा बाहिरका व्यक्ति छन् ।

तर नयाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको अनुपात भने सार्सभन्दा निकै कम रहेको छ । नयाँ कोरोनाभाइरसले ३४ हजार ८ सय मानिस सङ्क्रमित भइसकेका छन् ।

गत महिना विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले यसलाई विश्व जनस्वास्थ्य सङ्कटको घोषणा गरेको थियो । डब्लुएचओले भाइरस सङ्क्रमणबाट अत्यधिक प्रभावित चिनियाँ क्षेत्रहरूमा त्यसका नयाँ सङ्क्रमणका घटना अलिकति स्थिर हुन थालेको बताएको छ । तर अहिले नै अब भाइरस सङ्क्रमणको वृद्धि दर रोकिने वा पुनः बढ्ने बारे बताइहाल्ने अवस्था नरहेको उसले जनाएको छ ।

आफ्नो पछिल्लो बुलेटिनमा हुबेइ प्रान्तका स्वास्थ्य अधिकारीहरूले शनिवार थप ८१ जनाको ज्यान गएको उल्लेख गरेका छन् । 2019-nCoV  नाम दिइएको उक्त भाइरस पहिलोपटक हुबेइको राजधानी वुहानमा देखा परेको थियो । सो शहरलाई हप्तौँदेखि सार्वजनिक आवागमन रोकेर अलग गराइएको छ ।

बिहीवार त्यहाँ एक ६० वर्षीय अमेरिकी नागरिकको भाइरस सङ्क्रमणबाट मृत्यु भएको थियो । उनी यसरी ज्यान गुमाउने पहिलो गैरचिनियाँ नागरिक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही