‘पूर्वजले विद्या जोगाउन गरेको निस्वार्थ परिश्रम र त्यागलाई सम्मान गर्न सकेनौ भने कृतघ्न ठहरिने छौं’



डा. गोविन्दशरण उपाध्याय ।
मेरा पूर्खाको पुस्तक श्रीमद्भगवत गीताका यी हस्तलिखित पानाहरूमा मेरा/हाम्रा पूर्खाहरूको अदम्य साहस, विद्याप्रतिको तीब्र अनुराग, धर्म-संस्कृतिको संरक्षण, प्रवर्धन तथा दानका लागि प्रतिबद्धता लक्षित हुन्छ | आज आधुनिकताका नाममा यी विद्यानुरागी ऋषिकल्प पूर्खाहरूको तिनकै सन्तानहरूले अवमूल्यांकन गरेर विदेशीमा निर्भर भएको देख्दा मानसिक चोट लाग्छ | यदि हाम्रो संस्कृति विद्यानुरागी नभएको भए, एस्ता लाखौंलाख ग्रन्थहरूको रचना हुने थिएन, रचना भएका ग्रन्थहरूको संरक्षण हुने थिएन |
जङ्गल चहारेर खोजेर ल्याएको लोक्ता महिनौं दिनसम्म प्रशोधन गरेर हाते कागज निर्माण गरी कटुस, कालिमाटी र सिमिका पातबाट तीन रात, तीन दिनसम्म पकाएर निर्माण गरेको मसिले सल्लाको खोटो बालेर दिनरात नभनि हातैले लेखिएका यी ग्रन्थहरूको प्रतिलिपि उतार्नेहरू प्रति हार्दिक नमन गर्छु | यिनै ऋषिकल्प पूर्खाहरूको परिश्रमले सुरक्षित नेपालले यी ऋषिहरूको अवमूल्यन नगरोस् | आजको पुस्ताले पाप र पुण्यमा कति विश्वास गर्छ भन्न सकिन्न | तर यो पुस्ताको बुझ्ने चेतना र बुझेको कुरालाई मूल्यांकन गर्ने क्षमता धेरै राम्रो छ | विदेशी सिस्टम भए पनि यो पुस्ता शिक्षित र प्रशिक्षित छ | प्राचीन वैदिकमात्र होइन्, यो पुस्ताले विश्वका समग्र सभ्यता, संस्कृति तथा भाषाहरूको जन्म तथा विकासको तत्थ्य बुझ्न चाहन्छ | समग्र ब्रह्माण्डको रहस्य खोतल्न चाहन्छ |
यदि हामीले आफ्ना पूर्वजहरूले विद्या जोगाउन गरेको निस्वार्थ परिश्रम र त्यागलाई सम्मान गर्न सकेनौ भने हामी कृतघ्न ठहरिने छौं | उनीहरूको सम्मान भनेको आफ्नो सम्मान हो |
यदि हामीले आफ्ना पूर्खाहरूको उपरोक्त त्याग, तपस्या तथा विद्याप्रतिको तीब्र अनुराग वारे ठीकठीक जानकारी दिएनौं भने उनीहरूले आफै अनुसन्धान गरेर बुझ्ने छन् | तेसवखत अहिलेको विदेशी प्रतिमानहरूलाई आदर्श मानेर अवमूल्यांकन गर्नेहरू आततायी तथा धूर्त ठहरिने छन् | यो एस्तो ऐतिहासिक सत्य तत्थ्य हो जुन नेपाल, भारत र बेलायतका प्राचीन सम्पदा संग्रहालयहरूमा सजिलै उपलब्ध छन् | त्रिभुवन विश्व विद्यालयको केन्द्रीय पुस्तकालय, हरिहर भवनको केन्द्रीय पुस्तकालय, नेपाल पुरातत्व विभागको पुस्तकालय, केशर महल पुस्तकालय, अनेकौं प्राचीन मन्दिर, गुम्वाहरू तथा निजि सम्पतिका रूपमा नेपालभरी फैलिएर रहेका घरहरूमा आज पनि असंख्य हस्तलिखित पुस्तकहरू छन् |
यो लेखक कै घरमा अनेकौं हस्तलिखित कितावहरू थिए, अव केही मात्र सुरक्षित छन् | केही धमिराले माटो बनाए, केही मुसाले आहार बनाए, केही कुल्चिने डरले गण्डकीमा “सेलाइए” र केही छद्मवेसीहरूले मागेर लगे अनि, बेचेर पैसा कमाए | अझ पनि असंख्य पुस्तकहरू उद्धार, संरक्षण र प्रकाशनको प्रतीक्षामा छन् | सन् १९२७ को अगस्त महिनामा यो लेखकले बेलायतको एउटा नाम चेलेको पुस्तकालय भ्रमण गरेको थियो | तेसको नेपाली दीर्घामा दुई गाडा जति हस्तलिखित ठेलीहरु देखेर अचम्म लागेको थियो | तेतिविध्न नेपाली हस्तलिखित पुस्तकहरू बेलायत किन र कसरी पुगे ? एसको उत्तर खोज्नु भन्दा तेहा रहेका पुस्तकहरूको अध्ययन गरेर तिनको प्रकाशन गर्नु धेरै महत्वपूर्ण ठान्छु |
तेतिविध्न नेपाली हस्तलिखित पुस्तकहरू बेलायत किन र कसरी पुगे ? एसको उत्तर खोज्नु भन्दा तेहा रहेका पुस्तकहरूको अध्ययन गरेर तिनको प्रकाशन गर्नु धेरै महत्वपूर्ण ठान्छु |
संतोषको कुरा के हो भने ती पुस्तकहरू तेहा पूर्ण सुरक्षित छन् र चाहेको खण्डमा अध्येताहरूले अनुसन्धानमा प्रयोग गर्न सक्छन् | नेपालमा भने एस्ता लाखौंलाख हस्तलिखित प्राचीन सम्पदाहरू मकिन्दै र सकिंदै छन् | नेपाल सरकारले समेत इतिहास बोल्ने शिलालेखहरको संरक्षण गर्न उदासीनता उदेकलाग्दो छ | यदि आजका मितिमा प्राचीन नेपालतिर फर्केर हेर्ने हो भने नेपालमा पाइएका मध्ये सबैभन्दा प्राचीन हस्तलिखित ग्रन्थ स्कन्द महापुराण (१० मार्च ८११) तथा शुश्रुत संहिता ( ११ अप्रिल ८७८) हुन् |
यी दुवै ग्रन्थ नेपालमा मात्र उपलब्ध थिए | रंजना लिपिमा लेखिएको बौद्ध ग्रन्थ प्रज्ञापारिमिता नेपालमा मात्र प्राप्त भएको हो भने आज पनि लाखौंलाख ग्रन्थहरू विभिन्न पुस्तकालयहरूमा थन्किएर रहेका छन् | विश्वविद्यालयका गुरूहरूले आफ्ना छात्रछात्रालाई यी ग्रन्थहरूको अन्वेषण, अनुसंधान तथा प्रकाशन गर्न अभिप्रेरित गर्नुपर्छ भने नेपाल सरकार वा सम्वन्धित निकायले तिनको प्रकाशन गर्न आर्थिक अनुदान दिनुपर्छ |
प्राचीनकालमा लेखिएका पुस्तकहरूले खोजपछि आधुनिक विज्ञानको प्रतिनिधित्व गर्छ भन्न सकिन्न तर आयुर्वेद, धनुर्वेद, योग, वास्तु, ज्योतिष, इतिहासआदिका ग्रन्थहरूका विषयवस्तुहरू विधिपूर्वक अनुसन्धान गरेर तत्थ्यसहित प्रकाशित गर्दा धेरैजसो पश्चिमाहरूले विज्ञानका पुरोधाका रूपमा सम्मानपूर्वक लेखिने नामहरू वदलिने निश्चित छ | औषधि विज्ञानका पुरोधा चरक हुने छन् भने खगोल विद्याका संस्थापक भास्कराचार्य तथा नाट्य शास्त्रका संस्थापक भरतमुनि, विकासवादी चिन्तनका संस्थापक कपिलआदि ठहरिने छन् |
यही डरले होला, आज सम्म पनि बेलायतले आफ्नो नेपाली सङ्कलनमा गम्भीरतापूर्वक अध्ययन गर्ने अनुमति दिएको छैन | यो तत्थ्य सत्य पनि होला किनभने यदि प्राचीन ऋषिहरू विज्ञानका संस्थापक ठहरिंदा बेलायतको वर्चश्व खतम हुने छ | बडो परिश्रम गरेर उभ्याएको र टिकाएको “बेलायती वर्चश्व” विस्थापित हुने छ | प्राचीनकालमा लेखिएका शास्त्रहरू आधुनिक विज्ञानहरूसंग पूर्णत सङ्गत छन् भनेर सोच्ने र कत्तिपनि विज्ञानसंग सरोकार राख्दैन भन्ने मतग्रह बोक्नेहरू आंशिकरुपमा सत्य छन् |
प्राचीनकालमा लेखिएका शास्त्रहरू आधुनिक विज्ञानहरूसंग पूर्णत सङ्गत छन् भनेर सोच्ने र कत्तिपनि विज्ञानसंग सरोकार राख्दैन भन्ने मतग्रह बोक्नेहरू आंशिकरुपमा सत्य छन् |
आधुनिक विज्ञानको विकास पनि समयको चक्रले निम्त्याएको हो | यी शास्त्रहरू लेखिंदाको समाजमा प्रचलित विज्ञानको इनमा प्रसस्त उल्लेख पाइन्छ तर रकेट-निर्माणको विज्ञान पनि तेसैमा थियो भन्नु मतग्रह हो भने रकेट निर्माण गर्ने विज्ञानका पदचिन्हहरू तिनमा थिएन” भन्नु पनि गलत हो | फरक एत्ति हो कि तेस बखतको विज्ञान तेसै बखतको थियो | मान्छेले सर्वप्रथम माटोमा, अनि ढूङ्गोमा, अनि रुखका बोक्रा वा पातहरूमा, अनि धातुपत्रमा, अनि हाते कागजमा, तेसपछि मसिनले बनाएको कागजमा हातले लेखे | तेसपछि लिथो, मोटरले चल्ने सीसाका अक्षर र अहिले अफसेट प्रिन्ट र इ-पेपरहरू प्रचलनमा छ |
एउटा कम्प्युटरमा करोडौं कितावहरू सजिलैसंग अट्छन् | अहिलेका मान्छेहरूले पढ्ने-लेख्ने जुन सुविधाको उपयोग गरिरहेका छन्, सन् १२३० जुन वखत विश्वको जनसंख्या केवल ४५ करोड जति थियो, प्रेस वा कम्प्युटरमा अट्नसक्ने इ-पुस्तकहरूको कुनै कल्पना थिएन | अझ श्रुति र स्मृतिकालमा त झन् जिउँदो मान्छे नै पुस्तकालय हुन्थ्यो | राजा-महाराजाहरूले वा ऋषिमुनिहरूले राजकीय सुविधा दिएर वा स्वेच्छाले (जीवहरूको कल्याणका लागि) गुरुकुल, आचार्यकुल, ग्रामकुल. ऋषिकुल वा कुलानीका माध्यमबाट आफ्नो ज्ञान पुस्तान्तरण गर्थे | निश्चयनै, प्राचीन भारतवर्षीय समाजको सांस्कृतिक संरचना “कुल”मा आधारित भएको हुनाले पढेलेख्ने कार्यपनि वंश-परम्परामा आधारित हुन्थ्यो |
लेख्नु-पढ्नु पनि एउटा सीप नै मानिन्थ्यो | वंश परम्पराअनुसार सीप दोस्रो, तेस्रो पुस्तामा सर्थ्यो | यो तत्थ्य तेस वखतका सबै खाले पेशा तथा ब्यबसायमा लागु हुन्थ्यो | अंगालिरहेको पेशा नै पुस्ता-पुस्ता सर्ने हुँदा आजभोली चर्को स्वरले आलोचना गरेझैं ब्राह्मण-पेशा विभेदकारी पटक्कै थिएन | लेख्नपढ्न जान्नेले हलो वा तरवार वनाउन जान्दैनथे | तलवार बनाउने पेशा फलानो जातिको व्यक्तिमा एकाधिकार नै हुन्थ्यो – आजभोलीको पेटेन्ट-राइट झैं | यो लेखकले आगरामा पढ्दा, तेसको स्थानीय सरकारले सरसफाईको कामका लागि फलानो जाति र उच्चजाति दूवैका लागि विज्ञापन गरेको थियो |
एकाधिकार सकिए पनि प्रवृति (ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र) लेखपढ, सुरक्षा, ब्यापार र सेवा जस्ताको तस्तै छन् | आज हरेक व्यक्ति आफ्नो लागि जुनसुकै पेशा स्वीकार्न र त्याग्न स्वतन्त्र भएको छ |
तर परम्परागतरूपमा फलानो जातिका मानिसहरूले त्यो काम गर्दै आएका र अरूलाई दिन मिल्दैन भन्दै फलानो जातिले हरताल गरेपछि त्यो बिज्ञापन फिर्ता लिइएको थियो | अहिले समय वदलिएको छ | मान्छेले जुनसुकै पेसा वा ब्यबसाय रोज्न र गर्न पाउँछ | पेशाहरूमा एकाधिकार सक्किएको छ | तर एकाधिकार सकिए पनि प्रवृति (ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र) लेखपढ, सुरक्षा, ब्यापार र सेवा जस्ताको तस्तै छन् | आज हरेक व्यक्ति आफ्नो लागि जुनसुकै पेशा स्वीकार्न र त्याग्न स्वतन्त्र भएको छ |
पेशाका आधारमा हेप्ने प्रवृति कम भएको छ | जातीय आधारमा छुवाछुतका परम्पराहरू निर्वल भएका छन् र क्रमशः मृत्युतिर लम्किदै छन् | वैदिक जगतले विश्वलाई संस्कृति र सभ्यता दिएको छ भने वैदिक संस्कृति र सभ्यताले पनि छाति खोलेर विश्वबाट संस्कृति र सम्भ्यताहरू अंगिकार गरिरहेको छ | यदि हामीले आफ्ना पूर्वजहरूले विद्या जोगाउन गरेको निस्वार्थ परिश्रम र त्यागलाई सम्मान गर्न सकेनौ भने हामी कृतघ्न ठहरिने छौं | उनीहरूको सम्मान भनेको आफ्नो सम्मान हो |
जवजव मैले आफ्ना ई परिश्रमी र त्यागी पूर्वजहरूले असुविधा नै असुविधा नै भएको युगमा लाखौंलाख लेखेर विद्या जोगाएको सम्झन्छु, तेस वखत मेरो आँसु रोकिन्न | ती महापुरुषहरूप्रति मेरो श्रद्धा स्वत: खनिन्छ | अनि, म गुन्गुनाउंछु – वन्दे महापुरुष ते चरणारविन्दम् – ती महापुरुषका चरणकमलमा सादर वन्दना |

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चाडबाडमा सवारीसाधनमा सिट संख्याभन्दा धेरै यात्रु राखे कारबाही

काठमाडौं । सरकारले चाडपर्वका बेला सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि

राष्ट्रपतिको पदको गरिमा र मर्यादालाई बारम्बार यसरी अवमूल्यन गर्नु पनि शोभनीय भएन,हजुर !

केशवप्रसाद भट्टराई । १. ठिक बेठिक आफ्ना ठाउँमा होलान् तर नागरिकता विधेयकमा सत्तारूढ

मनोविज्ञान कि चित्त विज्ञान ?

डा. गोविन्दशरण उपाध्याय । आजभोली मनोविज्ञानको निकै चर्चा हुन्छ । सन् १९०२ मा

विधेयक खारेज भएपछि कथित सिन्दूरसँग साटिने भनेको नागरिकता रोकिन्छ त ?

नारायण गाउँले । ‘विदेशी बुहारीलाई एउटा हातमा सिन्दूर र अर्को हातमा नागरिकता दिने