संग्रौलाको प्रश्नः ओली सर आफूचाहिँ के चलाउँदै होलान्, जुवाको खाल ?



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकमा समूहगत छलफल भइरहेको छ । बैठकमा केन्द्रीय सदस्यहरुले आ आफ्ना सुझाव प्रस्तुत गरिरहेका छन् । अधिकांश सदस्यहरुले सरकार र पार्टी मनलाग्दी पाराले चलिरहेको भन्दै विधि र नीति अनुसार चल्नुपर्ने सुझाव दिएका छन् भने कतिपयले त्यस्ता सुझावको प्रतिकार गर्दै नेतृत्वको बचाउ गरेका छन् ।

नेतृत्वको बचाउ गर्ने क्रममा केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्ष प्रचण्डले पार्टी नचलाई पूर्वमाओवादीको गुट चलाएको आरोप लगाएका छन् ।

२९ बुँदे सुझावमा थापाले बामदेव गौतमको निवास भैंसेपार्टी र प्रचण्ड निवास खुमल्टारमा बैठकहरु भइरहेको भन्दै आपत्ति जनाएका छन् । थापाको यस्तो सुझावपछि कतिपयले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले नै थापालाई यस्तो भन्न लगाएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री ओली चाहिं गुट नचलाएर के जुवाखाल चलाउँदै हो ? भन्दै प्रश्न गरेका छन् ।
यस्तो छ संग्रौलाको ट्वीट
ओली सर साह्रै बाठा। आफूलाई भन्न मन लागेको कुरो आज्ञाकारी सल्लाहकार सूर्य थापाका मुखबाट प्वाक्क भनाउँछन्। भर्खरै भनाएछन् ‘प्रचण्डले पार्टी होइन,गुट चलाए।’ कुरा सही हो। अनि आली सर आफूचाहिँ के चलाउँदै होलान् ? जुवाको खाल ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री

कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस

विराटनगर । कोशी प्रदेशसभाको बिहीबारकोे बैठकमा सङ्कल्प प्रस्ताव पेस भएको गरिइएको छ ।