ब्रिटेन ईयूबाट बाहिरिएपछि फेरिने कुरा



तीन वर्ष, तीन प्रधानमन्त्री र दुई निर्वाचनपछि यूके अन्तत: शुक्रवार जनवरी ३१ जीएमटीअनुसार राति ११ बजे युरोपेली सङ्घ ईयूबाट अलग्गियो।

तर त्यसलगत्तै ब्रिटेन ११ महिना लामो सङ्क्रमणकालमा प्रवेश गरेको छ। लामो समयदेखि चर्चामा रहेको ब्रेक्जिटले त्यसोभए के परिवर्तन भयो त?

सङ्क्रमणकालमा यूकेले ईयूको नियम मानिरहनेछ र ईयूलाई तिर्नुपर्ने पैसा पनि तिरिरहनेछ। कति कुरा पहिलाकै जस्ता हुनेछन् भने कति कुरा निकै बदलिनेछन्।

युरोपेली संसद्का यूके सदस्यहरू पदमुक्त

ब्रेक्जिट पार्टीका नेता तथा यूकेले ईयू त्याग्नुपर्ने पक्षका मुख्य अभियानकर्ता नाइजेल फराज ती ७३ ब्रिटिश युरोपेली सांसदमध्ये हुन् जसको पद स्वत: समाप्त हुँदैछ। किनभने ब्रेक्जिटको समयमा यूकेले ईयूका सबै राजनीतिक निकाय तथा संस्था त्याग्नेछ।

तर यूकेले सङ्क्रमणकालमा ईयूको नियम मान्नुका साथै युरोपेली न्यायालय – जुन निकायले ईयू कानुन कार्यान्वयन गराउँछ – लाई कानुनी विवादमा अन्तिम निरूपणको अधिकार प्राप्त भइरहनेछ।

अब यू शिखर सम्मेलनमा ब्रिटेन हुनेछैन

यूकेका प्रधानमन्त्री बोरिस जोन्सन विशेष निमन्त्रणाका बेलामा बाहेक अब आइन्दा हुने ईयू परिषद् शिखर सम्मेलनहरूमा सहभागी हुनेछैनन्। साथै ब्रिटिश मन्त्रीहरू पनि विभिन्न युरोपेली नियमहरू बसाल्ने नियमित ईयू बैठकहरूमा अब सहभागी हुनेछैनन्।

व्यापारबारे अब निकै धेरै चर्चा सुनिनेछन्

वस्तु तथा सेवाको किनबेचका नयाँ नियम बसाल्न यूकेले विश्वभरका देशहरूसँग वार्ता गर्न सक्नेछ। ईयूको सदस्य रहँदारहँदै यूकेले अमेरिका तथा अस्ट्रेलियासँग औपचारिक व्यापार वार्ता गर्न पाएको थिएन। ब्रेक्जिट समर्थकहरूको भनाइमा स्वतन्त्रतापूर्वक आफ्नो व्यापारनीति बनाउन पाउँदा यूकेको अर्थतन्त्रलाई फाइदा हुनेछ।

अनि ईयूसँग अझै धेरै छलफल बाँकी छन्। यूके-ईयू व्यापार सम्झौता उच्च प्राथमिकतामा छ, त्यसैले सङ्क्रमणकालको अन्त्यसँगै वस्तु तथा सेवामा अतिरिक्त कर तथा अन्य व्यापार अवरोध आवश्यक पर्नेछैन। कुनै व्यापार सम्झौता हुने हो भने त्यो सङ्क्रमणकाल सकिएपछि मात्र सुरु हुनेछ।

यूकेको पासपोर्टको रङ्ग परिवर्तन हुनेछ

पुरानो नीलो रङ्गको ब्रिटिश पासपोर्टको पुनरागमन हुनेछ। हालको कलेजी रङ्गको पासपोर्टले त%LS

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

  मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा 

चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता

  दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा

नासाको भोएजर अन्तरिक्ष यानद्वारा पृथ्वीमा इन्जिनियरिङ अद्यावधिक पठाउन पुनः सुरु

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि पहिलो पटक भोएजर–१ अन्तरिक्ष यानले आफ्नो जहाजको

जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित

  सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप