यौन दुव्र्यवहारको आरोपमा एसएसपी राणा निलम्बित
काठमाडौँ । गृह मन्त्रालयले यौन दुव्र्यवहारको आरोप लागेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शौरभ शमसेर राणालाई निलम्बन गरेको छ । संघीय प्रहरी इकाई कार्यालय सुनसरीमा कार्यरत एसएसपी राणालाई शुक्रबार मन्त्रालयले निलम्बन गरेको हो ।
एसएसपी राणाले यौन हिंसा गरेको उजुरी परेपछि अनुसन्धानका लागि निलम्बन गरिएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । राणामाथि प्रहरी प्रधान कार्यालयले अनुसन्धान सुरु गरेको छ ।