किन गर्ने गाँजा खेती ?



नारायण गाउँले ।

‘गाँजा’ खेती खुला हुनुपर्छ भन्ने धेरैले यसको गुण र उदाहरणचाहिँ ‘हेम्प’ को दिएको देखेको छु । गाँजा (marijuana) र औद्योगिक रूपमा प्रयोग हुने हेम्प (Hemp) एउटै होइनन् ।
गाँजाकै प्रजातिको तर ‘नन-साइकोएक्टिभ’ वनस्पति हो हेम्प । बिरालो र बाघजस्तै । यसको धेरै देशमा व्यावसायिक उत्पादन हुन्छ । खाद्य सामग्रीदेखि, औषधि, टेक्स्टाइल, सौन्दर्य प्रशाधन र फ्यूलसम्म यसको प्रयोग हुन्छ ।

दिमाग लठ्याउने बाहेक अन्य औषधीय र खाद्य गुण यसमा हुने रहेछ । यसको व्यापार अहिले पनि गर्न सकिन्छ । हामीले गाँजा खुला हुनुपर्छ भनेर जुन प्लेन उडेको देखि औषधिको बट्टासम्म देखाएर प्रचार गरिरहेछौं त्यो बास्तवमा ‘असली’ गाँजा नभएर हेम्पकै हो ।

हामीलाई युवा पुस्तालाई गाँजा पिलाएर लठ्याउन पक्कै गाँजाखेती चाहिएको होइन । औषधि, कपड़ा, खाद्यसामग्री या अन्य व्यावसायिक उद्देश्यका लागि ‘लागू पदार्थ’ शून्य या अतिकम भएको खाले गाँजा (हेम्प)लाई खुला र प्रबर्धन गर्न सकिन्छ । यसले गर्दा सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने हुन्छ । तर, त्यसको अनुगमनका लागि साधनस्रोत र जनशक्ति धेरै नै चाहिने हुनाले अन्य व्यवसायिक खेती पो गाँजा भन्दा राम्रो हुन्छ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

‘दुई कदम’को मुस्ताङमा छायाँकन हुँदै

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘दुई कदम’को छायाँकन यतिवेला धमाधम