२०७७ चैत अन्तिम साता नेकपाको महाधिवेशनको मिति प्रस्ताव
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले महाधिवेशन मिति प्रस्ताव गरेको छ । राष्ट्रिय सभागृहमा बुधबारदेखि सुरु भएको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो ।
राजनीतिक प्रतिवेदनमा नेकपाको एकता महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म सम्पन्न गर्ने प्रस्ताव गरिएको छ । २०७७ मंसिरभित्र सबै स्थानीय तह र प्रदेश तहका अधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको छ ।