प्रदेश दुईकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले दिइन् राजीनामा



जनकपुरधाम । प्रदेश दुईकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले राजीनामा दिएकी छन् । राजपाकातर्फबाट राज्यमन्त्री बनेकी झा संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई राजीनामा पत्र बुझाएकी हुन् ।

प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत जोगाउन लामो समयदेखिको प्रयासका बाबजुद स्थिति अनुकुल हुने अवस्था नरहेकाले पदबाट राजीनामा दिएको झाले पत्रमा उल्लेख गरेकी छन् । प्रदेश सभामा समानुपातिकबाट चयन भएकी झा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमती हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाका वरिष्ठ नेता पशुपति शम्सेर जबरालाई जनसम्मान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक एवं वरिष्ठ राजनीतिज्ञ पशुपति शम्शेर

मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्छुः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौं। ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’

सबै जना फेरि एकजुट हुनसके सबैथोक ठीक हुन्छ

-डा. बाबुराम भट्टराई । माओवादी आन्दोलनसँग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूवीच