कोरोना भाइरसबारे धेरै सोचेर चिन्तित नबनौंः डा. रवीन्द्र पाण्डे



कोरोना भाइरस संक्रमण – डर नमानौं

– यो एक प्रकारको रुघा हो । कोरोना संक्रमण र रुघाखोकीका लक्षण उस्तै हुन्छन् ।

– सर्ने माध्यम पनि रुघा सरेजस्तै हो । खोक्दा, छिउँ गर्दा, सास फेर्दा, बिरामीका सामान प्रयोग गर्दा, बिरामीले छोएको ठाउँमा छुँदा, मासु राम्रोसंग नपकाएर खाँदा आदि

-यो रोगको सजिलै पत्ता लाग्ने ल्याब टेस्ट छैन । ठूलो प्रयोगशालामा श्वासप्रश्वास नलीको स्वाब पठाउनुपर्छ ।

– यसको कुनै उपचार छैन । ज्वरो, रुघा, खोकी, टाउको दुख्ने आदिको लाक्षणिक उपचार मात्र गर्ने हो । झोलिलो खाना खाएर अलग्गै कोठामा आराम गर्ने हो ।

– यो रोगको खोप छैन ।

– रोग बढेमा निमोनिया, श्वासप्रश्वास फेलर भएर बिरामीको मृत्यु हुन्छ ।

– यो रोग लाग्दैमा मृत्यु हुँदैन । यसको मृत्यु दर २ ३ प्रतिशत मात्र छ । बालबालिका, बृद्धबृद्धा, क्यान्सर, एचआईभी, मुटुरोग र मधुमेह लगायतका रोग लागेका व्यक्ति जोखिम समुहमा पर्दछन् । त्यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मी पनि जोखिम समूहमा पर्दछन् ।

– सकभर भिडभाडमा नजाने (जस्तैः अस्पताल र सपिंग मल र सिनेमा घर, सार्वजनिक यातायात आदिमा।

– हामीले आमरुपमा लगाउने मास्क यो रोगमा काम लाग्दैन, N 95 मास्क राम्रोसंग लगाउँदा रोकथाममा उपयोगी हुन्छ।

– मुख्य कुरा त स्वास्थ्य प्रवद्र्धन हो, रोगसँग लड्ने क्षमता बढाउने हो भने डर मानुपर्दैन, सागसब्जी, फलफूल, दुध, दाल, गेडागुडी लगायतका स्वस्थकर खाना, नियमित शारीरिक अभ्यास तथा अन्य स्वस्थ जीवनशैली अपनाएमा रोगप्रतिरोधात्मक क्षमता बढ्छ।

– रोग लागेर मरिन्छ कि भन्ने चिन्ता नगरौं, कोरोनाको बारे धेरै सोंचेर चिन्तित नबनौं, नयाँ रोगहरु आउने, जाने क्रम चलिरहेको छ ्र साबधानी अपनाउने हो, पेनिक बन्ने हैन।

पाण्डे, जनस्वास्थ्य बिज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रभावकारी सेवा प्रदान गर्दै पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र

गण्डकी । पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य

प्रदेश अस्पतालमा सर्जिकल र रेडियोलोजी सेवा सुरु

लमजुङ । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा

सुलभ फार्मेसीअन्तर्गतका औषधिका प्रकार र मात्रा अध्ययन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसीअन्तर्गत बिक्री गरिने औषधिका प्रकार र मात्रा अध्ययन

चीनद्वारा निजामती अस्पताललाई दुई करोड मूल्य बराबरको उपकरण हस्तान्तरण

काठमाडौं । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई