हामीले पूँजीपतिलाई साथमै लिएर क्रान्ति गर्यौं, त्यसैले हाम्रो क्रान्ति मौलिक छः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्ट वैचारिक राजनीतिक कार्यदिशाका आधारमा मात्र पार्टी अघि बढ्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा शनिबार गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका आधारहरु’ नामक पुस्तकको लोकार्पण गर्दै प्रचण्डले विचार र कार्यदिशमा स्पष्टता आउन नसक्दा अन्योल र अराजकता मौलाएर पार्टी ठिक ढङ्गबाट अघि बढ्न नसक्ने बताए ।
समाजवाद स्थापनाका लागि नेपालमा मौलिक ढङ्गको क्रान्ति गरिएको उनको भनाइ थियो । “हामीले नेपालमा जे उपलब्धि हासिल गर्र्यौं, त्यो दुनियाको कुनै किताबमा पाइँदैन”, अध्यक्ष प्रचण्डले भने, “विश्वभरको क्रान्तिको अध्ययन गरेर नेपालमा मौलिक विचार निर्माण गरिएको छ, समाजवादको आधार तयार पार्ने ‘हतियार’का रुपमा जनताको जनवादलाई लिइएको हो ।”

पुस्तकले नेकपाको वैचारिक धरालत र अब कुन दिशातर्फ जाँदैछ भनेर आम जनमानसलाई बुझ्न सहज हुने उनको भनाइ थियो । “राजनीतिक आन्दोलनपछिको सङ्क्रमणालीन परिस्थितिमा नेपाली राजनीतिको आजको अवस्था र अबको लक्ष्य बुझ्न पुस्तकले महत्वपूर्ण सन्देश दिएको छ”, प्रचण्डले भने ।

नेपालमा कम्युनिष्ट आन्दोलनको उठान, सङ्घर्ष तथा वैचारिक विषयवस्तु समेटिएको यस पुस्तकले नेकपाको आधारिक दस्तावेज तयार गर्न सहयोग पुर्याउने उनको विश्वास थियो । प्रचण्डले नेकपाको इतिहास, कार्यदिशा विकासका शृङ्खला र सन्दर्भ एवं पार्टी एकताको निर्णयसम्मका वैचारिक आधारबारे पार्टी पङ्क्तिमा थप प्रष्टता ल्याउन मद्दत मिल्ने बताए ।

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले कम्युनिष्ट विचार विकासको शृङ्खलालाई पुस्तकमा समेटिएकाले सबैका लागि अत्यन्त उपयोगी रहेको बताए ।

पुस्तकमा नेकपाको स्थापनादेखि एकीकृतको अवस्था, कम्युनिष्ट आन्दोलनको विभाजनपछि विभिन्न समूहहुँदै पूर्वएमाले र पूर्वमाओवादीको धाराको विकासका ऐतिहासिक निर्णय र त्यसको दस्तावेजीकरण एवं पार्टी एकता प्रक्रियापछि नेकपाले गरेका निर्णय लिपिबद्ध गरिएको छ ।

मुख्यतः चार खण्डमा रहेको पुस्तकको पहिलो खण्डमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा, २०१५ सालको आम निर्वाचनमा नेकपाद्वारा जारी चुनावी घोषणापत्र, २०१७ सालको फैजी ‘कू’ पछि नेकपाले जनताका नाममा गरेको अपिललगायत विषय समेटिएको छ ।

दोस्रो खण्डमा झापा विद्रोहदेखि नेकपा (एमाले)को गठन, मदन भण्डारीको जनताको बहुदलीय जनवादको पृष्ठभूमि, त्यसको संश्लेषण एवं विकास प्रक्रियासँग सम्बन्धित दस्तावेजका मुल अंश समावेश गरिएको छ । तेस्रो खण्डमा सेक्टर काण्डदेखि माओवादबारे संश्लेषण, जनयुद्धको तयारी, विकास हुँदै २१औँ शताब्दीमा जनवादको विकास, १२ बुँदे समझदारी, शान्ति सम्झौता, हेटौँडा महाधिवेदनमा संश्लेषण गरिएको समाजवादी क्रान्तिको कार्यदिशालगायत दस्तावेज समेटिएको छ ।

यसैगरी चौथो खण्डमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को चुनावी गठबन्धनदेखि पार्टी एकताको घोषणा, पार्टीका राजनीतिक प्रतिवेदनलगायत विषय समावेश गरिएको छ । नेकपाको समाजवादउन्मुख जनताको जनवादको वैचारिक आधार एवं अन्तर्वस्तु र नेकपाको ७० वर्षको इतिहास बुझ्न पुस्तकले सहयोग पुर्याउने सम्पादक तिमिल्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल

दुई दिने राजकीय भ्रमणका लागि कतारका अमिर काठमाडौंमा(भिडियोसहित)

काठमाडौँ ।  मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)