कांग्रेसको आन्तरिक विवाद समाधान, महाधिवेशन २०७७ फागुनमै हुने



काठमाडौं । शीर्ष नेताहरुको लामो प्रयासपछि नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान भएको छ । शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा भएको शीर्ष नेताहरुको छलफलले विवाद समाधान गर्दै अघि बढ्ने सहमति गरेको हो । शीर्ष नेताहरुबीच महाधिवेशन २०७७ फागुनमै गर्ने सहमति भएपनि तल्ला तहको मिति भने केही हेरफेर हुने भएको छ ।

नेताहरुबीच सभापति देउवाको प्रस्तावमा बढाइएका विभागहरुका विषयमा पनि सहमति जुटेको छ । तल्ला तहको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा शनिबार टुंगो लाग्ने छ । गत पुस ११ मा केन्द्रीय समिति बैठकले बहुमतका आधारमा गरेको निर्णय अनुसार कांग्रेसभित्र ४७ वटा विभाग राख्ने निर्णय यथावत रहनेछ । शुक्रबार नै नेताहरुबीच नेविसंघ र तरुण दलसम्बन्धि सहमति पनि जुटेको छ ।

उपसभापति विमेलन्द्र निधिका अनुसार नेपाल विद्यार्थी संघको अध्यक्षमा सभापतिले तोकेकै व्यक्ति हुने सहमति जुटेको हो । कार्यसमितिमा वरिष्ठ नेता पौडेल र सिटौला पक्षका नेताहरुको समेत प्रतिनिधित्व हुनेछ । त्यसैगरी तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय भएको निधिले जानकारी दिए । शीर्ष नेताहरुबीच भएको सहमतिलाई अन्तिम रुप दिन सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वको सर्वोच्च शिखर सगरमाथासँगै वैदिक चेतना ‘महायोग’सम्मको उद्गम थलो नेपाल

शैलेन्द्र कुमार श्रेष्ठ जब मानवता अध्यात्मबाट विमुख हुँदै जान्छ, तब एक आध्यात्मिक जागरणको

नेपाल छिट्टै सनातन हिन्दु राष्ट्र घोषणा हुन्छ, अयोध्याबाट कांग्रेस प्रवक्ता डा. महतको उद्घोष

अयोध्या, भारत । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल दासजीको

अयोध्यामा महायोगी सिद्धबाबाको आतिथ्यतामा भइरहेको सत्सङ्गमा योगी आदित्यनाथको उपस्थिति

अयोध्या, भारत । अयोध्याको पवित्र भूमिमा हाल जारी दीव्य सत्सङ्ग महोत्सवले नेपाल-भारतबीचको आध्यात्मिक

अयोध्यामा जारी सत्सङ्गमा सशस्त्रका पूर्व प्रमुखद्वारा भारतवासीलाई नेपाल दर्शनको निमन्त्रणा

अयोध्या, भारत – श्रीराम जन्मभूमि अयोध्यास्थित श्री मणिराम दास छावनीमा जारी श्रीराम कथा