सरकारले भन्यो -कोरोना भाइरस नेपाल आइपुगेको छैन



काठमाडौं । सरकारले ‘कोरोना भाइरस’ अहिलेसम्म नेपालमा नदेखिएको तर सर्तकता अपनाइएको जनाएको छ । चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङ्कङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ । तर नेपालमा अहिले सम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको सरकारले जनाएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रहेको हेल्प डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिए ।

उनले ‘कोरोना भाइरस’ भएको शंका लाग्ने वितिक्कै विशेष एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्याउने व्यवस्था गर्न लागिएको जानकारी दिए । पाण्डेले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, प्रहरी अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगंज अस्पतालहरुमा उपचार गर्न सकिने बताए ।

उनले अहिलेसम्म डराउनुपर्ने अवस्था नरहेको भएपनि एक प्रजातिबाट अर्को प्रजातिमा सजिलै सर्ने भएकाले र मानिसहरुमा पनि श्वासप्रस्वासबाट सर्ने भएकाले डरलाग्दो भएको बताए ।

उनका अनुसार ‘कोरोना भाइरस’ लागेमा रुघा लग्ने, ज्वरो आउने, कतिपयलाई निमोनिया हुने लगायतका लक्षणहरु देखापर्ने र मृत्यु समेत हुने गर्छ । रुघाखोकी लागेको व्यक्तिको सम्पर्कमा नरहने, भिडभाडमा साबधानी अपनाउने तथा सरसफाइमा विशेष ध्यान दिन चिकित्सकले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

    दोधारा चाँदनी (कञ्चनपुर)  । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव