सरकारले भन्यो -कोरोना भाइरस नेपाल आइपुगेको छैन



काठमाडौं । सरकारले ‘कोरोना भाइरस’ अहिलेसम्म नेपालमा नदेखिएको तर सर्तकता अपनाइएको जनाएको छ । चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङ्कङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ । तर नेपालमा अहिले सम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको सरकारले जनाएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रहेको हेल्प डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिए ।

उनले ‘कोरोना भाइरस’ भएको शंका लाग्ने वितिक्कै विशेष एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्याउने व्यवस्था गर्न लागिएको जानकारी दिए । पाण्डेले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, प्रहरी अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगंज अस्पतालहरुमा उपचार गर्न सकिने बताए ।

उनले अहिलेसम्म डराउनुपर्ने अवस्था नरहेको भएपनि एक प्रजातिबाट अर्को प्रजातिमा सजिलै सर्ने भएकाले र मानिसहरुमा पनि श्वासप्रस्वासबाट सर्ने भएकाले डरलाग्दो भएको बताए ।

उनका अनुसार ‘कोरोना भाइरस’ लागेमा रुघा लग्ने, ज्वरो आउने, कतिपयलाई निमोनिया हुने लगायतका लक्षणहरु देखापर्ने र मृत्यु समेत हुने गर्छ । रुघाखोकी लागेको व्यक्तिको सम्पर्कमा नरहने, भिडभाडमा साबधानी अपनाउने तथा सरसफाइमा विशेष ध्यान दिन चिकित्सकले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आफैँ रोजौँ उत्तम योगपथ

डा राजु अधिकारी । युवावृद्धोऽतिवृद्धो वा व्याधितो दुर्बलोऽपि वा । अभ्यासात्सिद्धिमाप्नोति सर्वयोगेष्वन्द्रितः ।।

जिपिएस जडानपछि प्रभावकारी बन्दै काभ्रेमा एम्बुलेन्स सेवा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सञ्चालित एम्बुलेन्समा ‘ग्लोबल पोजिसनिङ सिष्टम (जिपिएस)’ जडानपछि सेवा प्रभावकारी बन्दै

पोलियो खोप लगाउन छुटेका बालबालिकालाई पुनः लगाइने

  काठमाडौँ । जनस्वास्थ्य कार्यालय काठमाडौँले पोलियोविरुद्धको ‘आइपिभी’ खोप लगाउन छुटेका बालबालिकालाई पुनः

सिकलसेल रोगप्रति सरकारले बेवास्ता गरिरहँदा यो रोगका बिरामीहरू बढ्दै

सिकलसेल रोगप्रति सरकारले निरन्तर बेवास्ता गरिरहँदा एकातिर यो रोगका बिरामीहरू बढ्दै छन्, अर्कोतिर