यसकारण म आस्थाको साथमा छु



सुनिता दुलाल । 

गल्ती हुन्छ, मानिसबाटै हुने हो । जान या अन्जानमा हुन्छ ।सबै मानिसको एउटै स्वभाव हँुदैन कसैले अत्याचार सहन्छ त कसैले त्यसको बिरूद्धमा खरो उत्रन्छ । लोकतान्त्रिक गणतन्त्र आएको देशमा जनताले बोल्न पाउने अधिकार छ,अत्याचार परेको बेला म पनि बोल्छु । मान्छे मारेको होइन ।

रिसको आवेगमा आस्था बहिनीको बोलीमा केही शब्द चयन गलत भकै हो तर, उहाँ त्यो आफंैले फिल गरेर माफी मागिसकेको अबस्थामा बोल्दैमा आपराधिक चित्रण गरी गायिका आस्था राउतलाई पक्राउ पूर्जी तय गर्नु निन्दनीय छ । खोई त अब हाम्रो बोल्न पाउने अधिकार ? अब फेरि निरंकुश शासन नै लागू हुने हो त ? गल्ती दुबैबाट देखिन्छ दुबैको छानविन हुन जरुरी छ ।

सानोतिनो कुरालाई गल्ती पहिल्याई पछि लाग्नु भन्दा ठूला ठूला आपराधिक काम गर्नेलाई कार्बाहीको दायरामा ल्याउनुस् छोरी कुटेर बुहारी तह लगाउने काम नगर्नुस् । न्याय नपाएका भौतारिएका, लुटिएका, ठगिएका ति जनताको सेवामा लाग्नुस् । देशका आशालाग्दा ठूला ठूला नेताज्यूहरूले पनि अन्तरबार्ता दिने क्रममा स्टुडियो भित्रै पत्रकार र जनतामाथि धेरै अपमानजनक शब्द बोल्दा खोई त पक्राउ पूर्जी ?

कानुन सबैको लागी बनेको होइन र ? अन्याय र अत्याचारबिरूद्ध बोल्ने पाउने अधिकार छ बाध्य भएर लेख्न मन लाग्यो । जसले जे टिकाटिप्पणी गरेपनि साधारण आवेशमा भएको गल्तीमा योसम्मको निर्णय गर्नु आपत्तिजनक छ । म आस्था राउतको साथमा छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी