अग्नि सापकोटाद्वारा सभामुख पदका लागि मनोनयन दर्ता



काठमाडौँ । नेकपाका सांसद अग्नि सापकोटाले सभामुख पदका लागि मनोनयन दर्ता गरेका छन् । संसद् भवन नयाँ बानेश्वर पुगेर सापकोटाले सभामुखको उम्मेदवारी दिएका हुन् ।

सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र समर्थकहरुमा नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्ती र राजपा सांसद लक्ष्मललाल कर्ण रहेका छन् । मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले प्रतिनिधिसभाको गरिमा उचो बनाइराख्न भगिरथ प्रयास गर्ने बताए ।

नेकपा स्थायी समिति सदस्य रहेका सापकोटालाई आइतबार बसेको सचिवालय बैठकले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचनका लागि संसद सचिवालयले सार्वजनिक गरेको तालिकाअनुसार मंगलबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

आजैसाढे २ बजे उम्मेदवारीको दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने रमाघ १२ गते निर्वाचन गर्ने कार्यतालिकामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ल्हासा–काठमाडौँ बस सेवा पुनःसञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय