अग्नि सापकोटाद्वारा सभामुख पदका लागि मनोनयन दर्ता



काठमाडौँ । नेकपाका सांसद अग्नि सापकोटाले सभामुख पदका लागि मनोनयन दर्ता गरेका छन् । संसद् भवन नयाँ बानेश्वर पुगेर सापकोटाले सभामुखको उम्मेदवारी दिएका हुन् ।

सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र समर्थकहरुमा नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्ती र राजपा सांसद लक्ष्मललाल कर्ण रहेका छन् । मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले प्रतिनिधिसभाको गरिमा उचो बनाइराख्न भगिरथ प्रयास गर्ने बताए ।

नेकपा स्थायी समिति सदस्य रहेका सापकोटालाई आइतबार बसेको सचिवालय बैठकले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचनका लागि संसद सचिवालयले सार्वजनिक गरेको तालिकाअनुसार मंगलबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

आजैसाढे २ बजे उम्मेदवारीको दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने रमाघ १२ गते निर्वाचन गर्ने कार्यतालिकामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिगमनविरुद्धको सडक आन्दोलनमा सहभागी हुन प्रचण्ड-नेपाल समूहको आह्वान

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध सडकमा

स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्यः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य

तपाइँलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने ? भन्दै प्रचण्ड-नेपाल समूहले सोध्यो ओलीलाई स्पष्टीकरण

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण पत्र बुझाएको छ

पूर्वमुख्यसचिव रेग्मी राजदूत नियुक्त

काठमाडौं । बेलायतका लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन् ।