वैज्ञानिकहरुद्वारा क्यान्सरको उपचार गर्ने विधिको प्रयोगशालामा परीक्षण



हाम्रो शरीरको रोग प्रतिरक्षा प्रणालीको नयाँ पत्ता लागेको हिस्सा प्रयोग गरी क्यान्सर रोगको उपचार गर्न सकिने वैज्ञानिकहरूले बताएका छन्।

कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले प्रोस्टेट, स्तन, फोक्सो र अन्य सबै खाले क्यान्सरको उपचार गर्ने विधिको प्रयोगशालमा परीक्षण गरेका छन्।

क्यान्सरका बिरामीहरूमा यसको परीक्षण गरिएको छैन तर वैज्ञानिकहरूले यसले क्यान्सरको उपचार गर्न ठूलो सम्भावना बोकेको बताएका छन्।

नेचर इम्युनोलोजी नामक जर्नलमा प्रकाशित अध्ययनको नतिजाको आधारमा वैज्ञानिकहरूले यो सुरुवाती चरणमा भएपनि निकै उत्साहजनक देखिएको दाबी गरेका छन्। हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले रोगहरू लाग्न नदिन पर्खालको काम गर्छ।

वैज्ञानिकहरू ट्युमरविरुद्ध प्रतिरक्षा प्रणालीको प्राकृतिक आक्रमण गराउन परम्परागत ढाँचाभन्दा फरक र यसअघि पत्ता नलागेका विधिको खोजीमा थिए।

उनीहरूले मानिसको रगतभित्र टी-सेल नामक कोष फेला पारे। त्यो प्रतिरक्षा प्रणाली सक्रिय पार्ने कोष हो जसले शरीरभित्र कुनै खतरा छ भन्ने थाहा पाउने गर्छ।

त्यसले शरीरमा क्यान्सर फैलाउन सक्ने कोषहरूलाई पनि आक्रमण गर्छ। एक अनुसन्धानकर्ता प्राध्यापक एन्ड्रु सेवेलले बीबीसीसँग भने, “अब सबैखाले बिरामीलाई उपचार गर्न सकिने मौका हाम्रो सामु छ।”

“यसअघि कसैले पनि यस्तो हुन सक्छ भनी सोचेका थिएनन्।” अनुसन्धानकर्ताहरूका अनुसार रगतमा हुने टी-सेल नामक कोष प्रयोग गरी विभिन्न प्रकारका क्यान्सरलाई आक्रमण गर्न सकिन्छ।

उनीहरूका अनुसार टी-सेल लाई एमआर १ भनिने शरीरमा प्रत्येक कोषको सतहमा रहने भागसँग अन्तरक्रिया गराएर क्यान्सर कोषमा रहेको विकारबारे थाहा पाउन सकिन्छ।

क्यान्सर भएको बिरामीबाट रगतको नमुना लिएपछि त्यसलाई आनुवंशिक रूपमा बदल्नु पर्छ र त्यसले क्यान्सर पत्ता लगाउँछ। त्यसपछि प्रयोगशालामा त्यस्ता कोषहरू धेरै परिमाणमा उत्पादन गरेर बिरामीको शरीरभित्र पठाउनु पर्छ।

अहिलेसम्म त्यो अनुसन्धान जनावरहरूमा मात्र गरिएको छ। त्यसलाई मानवमा परीक्षण गर्नु अघिका सुरक्षा जाँच हुन बाँकी नै छ। अझै धेरै अध्ययन गर्न बाँकी भएपनि वैज्ञानिकहरूले यो नयाँ प्रयोगबाट सबैखाले क्यान्सर निको पार्न सकिने विश्वास व्यक्त गरेका छन्।

स्विट्जरल्यान्डको बासेल विश्वविद्यालयका लुसिया मोरी र जेनारो डी लिबेरोले नयाँ अनुसन्धानले धेरै सम्भावना बोकेको बताए। “यसले उपचारका लागि प्रतिरक्षा प्रणालीको प्रयोग गर्ने हुनाले हामी निकै उत्साहित भएका छौँ,” उनीहरूले भने।

तर म्यान्चेस्टर विश्वविद्यालयका इम्युनोलोजीका प्राध्यापक ड्यानियल डेभिसले भने: “अहिलेसम्म यो सुरुवाती अनुसन्धान मात्रै हो र यो बिरामीको लागि औषधि बन्ने अवस्थामा पुगिसकेको छैन।” तर यो नयाँ खोज भविष्यमा बन्न सक्ने नयाँ औषधिको लागि निकै उत्साहजनक रहेकोमा दुई मत नरहेको उनले बताए।

बीबीसीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जाडो मौसममा निमोनियाबाट कसरी जोगिने ?

चितवन । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको

सेतो रगत बनाउने उपकरण अभावमा बिरामी ‘रिफर’

बागलुङ । धौलागिरि अस्पतालमा अहिले विशेषज्ञसहितको सेवा छ । जटिल प्रकारका रोगको समयमै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरिनेछः प्रधानमन्त्री

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा