कसैले पनि आफ्नो धरातल विर्सन हुँदैनः शिवमाया तुम्बाहाङ्फे



काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संविधानको मर्म अनुसार नै आफूले सभामुखका पदका लागि दाबी गरेको र त्यसबारे शीर्ष तहमा कुरा राखेको र त्यो अस्वभाविक नभएको बताएकी छन् ।

सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङ्फेले आफ्ना धारणाहरु सम्बन्धित निकायमा प्रस्तुत गरेकी बताएकी हुन् । उनले भनिन्, ‘मेरा धारणाहरु संम्बन्धित निकायमा प्रस्तुत गरेकी हुँ । मेरा यी धारणाहरु कुनै अस्वभाविक महत्वकाक्षा या र अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा म दृढ छु । यस सम्बन्धि विभिन्न प्रतिक्रियाहरु मैले नजिकबाट नियालिरहेकी छु । समयले यसबारेमा बस्तुनिष्ठ मुल्यांकन गर्नेछ भन्ने मेरो विश्वास छ । ”

अन्यौलपूर्ण अवस्थामा उपसभामुख पद रिक्त गरेर नहुने भएकाले आफूले भने अनुसार नै मार्गप्रसस्त गर्न लागेको उनले उल्लेख गरिन् । “एउटा अप्रत्यासित र अस्वभाविक परिस्थितिका कारण विगत केही समय देखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहदै आएको व्यहोरा यहाँहरुलाई अवगत नै छ । सार्वभौम संसदको महत्वपुर्ण अंग प्रतिनिधिसभा लामो समय सभामुख विहिन हुदा उत्पन्न जटिलता र यसले श्रृजना गरेका समस्याका बारेमा पनि हामी सबै जानकार नै छौ । यस्तो स्थिति अव कायम रहनु हुदैन ।सभामुख चयनको ठोस आधार तय भएपछि आफुले मार्गप्रसस्त गर्ने भनेर आफुले राख्दै आएका मान्यता संमानित सदन समक्ष अभिलेखित गराउन चाहन्छु । ”

उनले संविधानमा लेखिएका कुरालाई व्यवहारमा उतार्ने काम नभएको प्रति गुनासो गरिन् । आफूले इमान्दारितापूर्वक कर्तव्य पूरा गर्ने प्रयास गरेको भन्दै उनले कसैले पनि आफ्नो धरातल विर्सन नहुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन