युएई दुर्घटना अपडेटः तीन नेपालीको मृत्यु



काठमाडौं । सवारी दुर्घटनामा परी युएईको अबुधाबीमा तीन नेपाली युवतीको मृत्यु भएको छ । बिहीबार विहान २४ कामदार बोकेको मिनिबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने अन्य १९ जना घाइते भएका त्यहाँको प्रहरीले जनाएको थियो । प्रहरीका अनुसार चालकको लापरबाहीले गर्दा दुर्घटना भएको जनाइएको छ ।

चालकले रोकीराखेको लरीमा बस ठोकेका थिए । बसमा नेपाली कामदार १८ जना र केही श्रीलंकाली महिला कामदार रहेको नेपाली दुतावासले जनाएको छ ।

दुर्घटनामा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङको मृत्यु भएको दूतावासले जनाएको छ ।

घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन्। त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह, ललितपुर चापागाँउकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । नेपालको पर्यटनलाई विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले जर्मनीको बर्लिनमा नेपाल पेभेलियन स्थापना

डम्बर ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन

सिड्नी । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको

स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा नरेश फेलिपे छैटौँसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो