आयोग उपाध्यक्ष गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण र अख्तियारमा उजुरी



काठमाडौं । झापाको विर्तामोडस्थित प्रस्तावित विएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् ।

गिरीले भ्रष्टाचार तथा घुस लिने कार्य गरी अकुत सम्पत्ति आर्जन गरेको दाबी गर्दै प्रसाईंले गिरीविरुद्ध उजुरी हालेका हुन् । गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष रहेको समयमा, स्वास्थ्य सेवा बीमा बोर्डमा कार्यकारी निर्देशक रहँदा र हाल आयोगको उपाध्यक्ष रहँदा पनि घुस लिई अकुत सम्पत्ति आर्जन गरको प्रसाईको आरोप छ ।

गिरीले अवैधानिक रूपमा कमाएको अकुत सम्पत्ति आफू र आफ्ना नातेदारका नाममा जम्मा गरेको भन्दै प्रसाईंले उनको सम्पूर्ण सम्पत्ति जफत गर्न माग गरेका छन् । त्यस्तै राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष हुन योग्यता नै नपुगेपछि गिरीले झुठा विवरण पेश गरी नियुक्ति लिन सफल भएको प्रसाईंको आरोप छ ।

आफूले एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धनको सिफारिस गर्न गिरीसमक्ष निवेदन दिएकोमा २० करोड रुपैयाँ घुस माग गरिएको प्रसाईंले उजुरीमा उल्लेख गरेका छन् । २० करोड नदिए कम्पनीको १० प्रतिशत सेयर दिन गिरीले भनेको प्रसाईंले उजुरीमा उल्लेख गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले गिरीको प्रमाणपत्र छानविनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा समेत उजुरी गर्ने जानकारी दिएका छन् । उनले अब आफू न्यायका लागि अदालत जानेसमेत बताएका छन् ।

आफूलाई राज्यले न्याय नदिएकाले अब अदालतको ढोका ढक्ढकाउन लागे्को बताए । उनले चिकित्सा शिक्षा आयोगले सिटिइभिटीका २९ वटा कार्यक्रमलाई सम्बन्धन दिंदा पनि आफूलाई नियतबस दुःख दिएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कक्षा १२ को परीक्षा देशभर शान्तिपूर्ण रूपमा सुरु

भक्तपुर । देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु

 कक्षा १२ को परीक्षामा तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

  भक्तपुर ।  कक्षा १२ परीक्षा शुक्रबारदेखि देशभर एकैसाथ सुरुहुँदै छ । बिहान

नाम परिवर्तनका लागि  दुई सयभन्दा बढी विद्यालय महानगरको सम्पर्कमा

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत