पाकिस्तानी पूर्वराष्ट्रपति मुशर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला उल्टियो



पाकिस्तानको एउटा अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला उल्ट्याइदिएको छ। कानुनी प्रक्रिया असंवैधानिक भएको भन्दै अदालतले फैसला उल्ट्याइदिएको हो।

मुशर्रफले आफूलाई देशद्रोहमा दोषी भन्दै त्यस्तो सजाय सुनाउने विशेष अदालतको गठनलाई गत डिसेम्बरमा चुनौती दिएका थिए।

सोमवार, लाहोर उच्च अदालतले निर्वासनमा रहेका मुशर्रफविरुद्धको सजाय उल्ट्याइदिएको हो। सन् १९९९ मा भएको ‘कु’मा उनले सत्ता हत्याएका थिए र सन् २००१ देखि २००८ सम्म राष्ट्रपति बनेका थिए।

अदालतको आजको निर्णयको अर्थ अब जनरल मुशर्रफ “स्वतन्त्र मानिस” भएको एकजना अभियोजनकर्ताले बताएका छन्।

यद्यपि बीबीसी उर्दूका अनुसार उक्त मुद्दाको सुनुवाइ अर्को अदालतमा पनि हुनसक्छ। देशद्रोहको यो अभियोग सन् २०१३ यता चलिरहेको छ।

यो सन् २००७ मा मुशर्रफले गरेको संविधानको निलम्बनसँग जोडिन्छ जतिबेला उनले आफ्नो कार्यकाल लम्ब्याउने आशयले सङ्कटकाल घोषणा गरेका थिए। मुशर्रफलाई पाकिस्तान छोड्न सन् २०१६ मा अनुमति दिइएको थियो र अहिले उनी दुबइमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक