चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै गृहले ४ जिल्लाका प्रजिअसँगै कारागार व्यवस्थापन विभागका निर्देशक र प्रमुख अध्यागमन अधिकृतको सरुवा गरेको हो ।
गृह मन्त्रालयका अनुसार, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई कारागार व्यवस्थापन विभागमा तानेर उनको स्थानमा सहसचिव वासुदेव घिमिरेलाई पठाइएको छ ।