प्रदेश तीनको नाम वागमती र राजधानी हेटौंडा, दुवै प्रस्तावका पक्षमा दुई तिहाइ मत



काठमाडौँ । प्रदेश तीनको नाम वागमती र राजधानी हेटौंडा भएको छ । प्रदेशसभामा आइतबार भएको मतदानमा दुई तिहाई मतले नाम वागमती र राजधानी हेटौंडा टुंग्याएको हो । प्रदेश नाम वाग्मती राख्न कांग्रेस सांसद इन्द्र बानियाँले राखेको प्रस्तावको पक्षमा १०८ मत परेको थियो । ११० सदस्यीय प्रदेशसभाका स्वतन्त्र सांसद प्रेम तामाङ मतदान प्रक्रियामा सहभागी भएनन् ।

यस्तै राजधानी हेटौंडा राख्ने प्रस्तावमा मतदान हुँदा १०५ सांसदले पक्षमा र ३ जनाले विपक्षमा मत हालेका थिए । प्रदेश राजधानी हेटौंडा तोकियोस् भनी मुख्यमन्त्री एवं नेकपा नेता डोरमणि पौडेलले प्रस्ताव गरेका थिए । प्रदेशसभाको पहिलो बैठकमा राजधानी तोक्नेबारेको प्रस्ताव सभामुख सानुकुमार श्रेष्ठले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

त्यसक्रममा साझा पार्टीका सांसद रमेश पौडेलले प्रदेश राजधानी काभ्रेपलाञ्चोकको धुलिखेल तोकियोस् भन्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सांसद पौडेलले फिर्ता नलिएपछि मत विभाजन हुँदा दुई तिहाइ बहुमतले अस्वीकृत भएको थियो । १०४ जनाले मतदानमा भाग लिएकोमा प्रस्तावको पक्षमा ३ र विपक्षमा १०१ मत परेको थियो। त्यसपछि मुख्यमन्त्री पौडेलले हेटौंडा राजधानी तोक्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देउवाद्वारा आठ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठजनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

  काठमाडौँ । आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले आयरल्याण्डका समकक्षीसँग भेट गरेका

सांसद पार्टीप्रति मात्र होइन देश र जनताप्रति समर्पित हुनुपर्छ : सांसद घर्तीमगर

काठमाडौँ । रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला

नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद

न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताएका