सरकारले मध्यपूर्वमा रहेका नेपालीहरुको उद्धार गर्ने



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वमा रहेका नेपालीहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयको अगुवाइमा गृह मन्त्रालय र श्रम मन्त्रालयको समन्वयमा ‘रेस्क्यु’ कार्यक्रम अघि सारेको जनाएको छ ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा श्रम मन्त्री रामेश्वर राय यादवले मध्यपूर्व लगायतका देशमा रहेका नेपाली मजदुरहरुको अवस्थाका विषयमा हरेक अपडेट लिने काम भइरहेको र कसरी उद्धार गर्ने भन्ने विषयमा तीनवटै मन्त्रालयहरुले ‘रेस्क्यु’का लागि योजना बनाइरहेको जानकारी दिएका हुन् ।

उनले श्रम मन्त्रालयका आगामी कार्यक्रमहरुका विषयमा छलफल गर्न पूर्वश्रममन्त्रीहरुसँग बुधबार बैठक बोलाइएको पनि बताए । त्यसैगरी उनलेल कृषकहरुलाई सामाजिक सुरक्षाकोषको दायरामा ल्याउने योजना अघि सािरएको बताएका छन् ।

मन्त्री यादवले कृषकहरुलाई पेन्सनको सुनिश्चिता गर्न र बिमाको दायरामा ल्याउन श्रमिकको दायरामा ल्याउने योजना अघि सारिएको बताए । कृषि मजदूरलाई अन्य श्रमिक सरहको सुविधाको व्यवस्था गर्नका लागि विशेषज्ञहरुको प्राविधिक अध्ययन टोली बनाइएको र टोलीको प्रतिवेदन अनुसार कार्ययोजना बनाएर अघि बढ्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन