सुलेमानीको अन्तिम संस्कारमा भागदौड मच्चिदा कम्तीमा ३० जनाको मृत्यु



अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ।

सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका थिए। आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि गरेका छन्। इरानबाट प्राप्त विवरणअनुसार दर्जनौँ मानिसहरू घाइते भएका छन्।

शोकाकुल मानिसहरूले सुलेमानीको तस्बिर र रातो झण्डा बोकेका थिए। शिया परम्पराअनुसार रातो झण्डाले प्रतिशोधको सङ्केत गर्छ।

इरानले उनको हत्याको प्रतिशोध लिने उद्घोष गरिसकेको छ। केही दिनदेखि इरानका विभिन्न स्थान हुँदै उनको गृहनगरसम्म सुलेमानीको शवयात्रा गरिएको थियो।

उनको शवलाई शहीदका लागि बनाइएको एउटा चिहानमा समाधिस्थ गरिँदैछ। सुलेमानीको मृत्युपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ।

इरानको विशिष्ट सैन्य बल कूड्स फोर्सका प्रमुख सुलेमानीलाई सर्वोच्च नेता आयतूला अली खामनेईपछि दोस्रो लोकप्रिय नेता मानिन्थ्यो। तर अमेरिकाले उनलाई आतङ्ककारी घोषणा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वका ६० देशमा पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको छ । विश्व

राजतन्त्रको अपमान गरेको आरोपमा आइल्याण्डमा एक महिलालाई ४३ वर्ष कैद सजाय

थाईल्यान्डमा एकजना महिलालाई राजपरिवारको आलोचना गरेको आरोपमा ४३ वर्षको कैद सजाय सुनाइएको छ

विश्वमा ९ करोड ६६ लाख भन्दाबढी मानिसलाई कोरोना संक्रमण, २० लाख ६५ हजारको मृत्यु

विश्वमा ६ करोड ९२ लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका भएका छन्

‘अश्लील केक’ बनाएको आरोपमा इजिप्टमा एक महिला पक्राउ

इजिप्टमा एकजना महिलालाई ’अश्लील केक’ बनाएको आरोपमा पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्