एक सय ५९ वटा यौन अपराधमा दोषी ठहर बेलायती नागरिक रेन्हार्ड सिनागालाई आजीवन जेल सजाय



एक सय ५९ वटा यौन अपराधमा दोषी ठहर भएका र ब्रिटेनका सबैभन्दा खतरनाक बलात्कारी भनिएका एक व्यक्तिको परिचय उनीविरुद्ध चलिरहेको मुद्दाको सुनुवाइ समाप्त भएपछि सार्वजनिक गरिएको छ।

रेन्हार्ड सिनागा नामक ती पुरुषलाई ब्रिटेनको म्यान्चेस्टर सहरस्थित विभिन्न रात्रिकालीन मनोरञ्जनस्थलबाहिरबाट ४८ जना पुरुषलाई झुक्याएर आफ्नो निवासमा लगी, लट्ठिने औषधि खुवाई यौन आक्रमण गरेको र त्यसको भिडिओ खिचेको अभियोगमा दोषी पाइएको थियो।

छत्तीस वर्षीय सिनागा इन्डोनेशियाका नागरिक हुन्। सिनागाले स्नातकोत्तर गरेका थिए। उनले कम्तीमा १९० जना पीडितलाई आक्रमण गरेको प्रमाण आफूसँग भएको प्रहरीले बताएको छ।

मुद्दाको फैसला सुनाउँदै एक न्यायाधीशले सिनागालाई दिइने जन्मकैदको सजाय कम्तीमा पनि ३० वर्षको हुनुपर्ने बताएका छन्। ती न्यायाधीश उक्त मुद्दाको समाचार सङ्कलन र प्रकाशनमा लागु प्रतिबन्ध फुक्का गरिदिएका छन्। यसअघि अन्य दुईवटा मुद्दामा उनी दोषी ठहर भएर उनलाई न्यूनतम २० वर्षका लागि जेल पठाइएको थियो।

म्यान्चेस्टरमा बस्ने उनीविरुद्ध ४८ व्यक्तिलाई बलात्कार गरेको १३६ वटा अभियोग, बलात्कारको प्रयाससम्बन्धी आठ अभियोग, यौन आक्रमणको १४ अभियोगलगायतका कसुरमा चलाइएका चार भिन्न मुद्दामा दोषी ठहर गरिएको हो

रेन्हार्ड सिनागाले नाइटक्लब र बारहरूबाट बाहिर निस्किने पुरुषहरूलाई ढुकेर मदिरा पिउने वा ट्याक्सी बोलाइदिने जस्ता विभिन्न प्रलोभन वा प्रस्ताव गरेर आफ्नो निवासमा लैजाने गरेका थिए।

उनले पीडितहरूलाई झुक्याएर लट्ठिने औषधि खुवाई अचेत अवस्थामा नै यौन आक्रमण गर्ने गरेका थिए। अधिकांश पीडितमलाई होसमा आउँदा आफूलाई के भएको थियो भन्ने सम्झना नै हुँदैनथ्यो।

अदालतमा बयान दिने क्रममा पीडितहरूले आफूविरुद्ध भएको यौन आक्रमणले आफ्नो मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको र कतिपयले त आत्महत्या गरौँ कि भन्ने भाव पनि मनमा आउने गरेको बताएका थिए।

ब्रिटेनको लीड्स विश्वविद्यालयमा विद्यावारिधिका लागि अध्ययन गरिरहेका रेन्हार्ड सिनागाले वर्षौँको अवधिमा ती अपराधहरू गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८

चीनमा आँधीबेहरीको खतरा

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका लागि चेतावनी जारी गरेको छ

स्वीडेनमा १८ वर्ष मुनिका युवाले लिङ्ग परिवर्तन गर्दा परिवार र चिकित्सकको स्वीकृति लिनुपर्ने

स्वीडेनको संसदले बुधबार नयाँ कानुन अनुमोदन गरेको छ । नयाँ कानुन अनुमोदन भएसँगै