अब सवारी चलाउँदा चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने



काठमाडौं । अब सार्वजनिक सवारी साधन चलाउने चालकले सवारी गुडाउँदा मोबाइल चलाउन नपाउने भएका छन् । महानगरीय ट्राफिक महाशाखाले मोबाइल चलाउन नपाउने र सवारी चलाउँदा जुत्ता लगाउनुपर्ने निर्णय गरेको हो ।

सरोकारवाला निकायसँगको छलफलमा सार्वजनिक यातायत सुधारका लागि विभिन्न १९ वटा बुँदा लागू गर्ने निर्णय भएको महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए । महाशाखाका अनुसार सरोकारवाला निकायबीच तोकिएको भाडादर मात्रै लिने, ढोका खुला गरी नचलाउने, आरक्षण सिटको पालना गर्ने, गाडीको रंगरोगन दुरुस्त राख्ने, क्षमताभन्दा बढी यात्रु नबोक्ने सहमति भएको छ ।

यस्तै यात्रुलाई चालक÷सहचालकले राम्रो व्यवहार गर्ने, चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने, सवारीसाधनको सरसफाई गर्ने, सवारीमा स्टिकर र झल्लर लगाउन नपाइने सहमति भएको छ । महाशाखाका एसएसपी ढकालले चालक मोबाइल गफिँदा र जुत्ता नलाउँदा खुट्टा चिप्लिएर दुर्घटना हुने सम्भावना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

तपाईंले बौद्ध धर्म, दर्शन र साहित्य पढ्नुभएन भने लुम्बिनीमात्रै बुद्धभूमि हो जस्तो लाग्छ

नारायण गाउँले । गौतम बुद्धको भूगोल मूलतः नेपालको लुम्बिनी अञ्चलदेखि भारतको उत्तरप्रदेश र

हामी ज्ञानी छौं भन्ने अज्ञानता र भ्रम हाम्रो मुख्य सत्रु हो

डा. युवराज संग्रौला । अब यो लोकतन्त्रको प्राण छैन । हाम्रो जस्तो आर्थिक