सुडानमा सैन्य विमान दुर्घटनाग्रस्त, कम्तीमा १८ जनाको मृत्यु



सुडानको सैन्य विमान वेस्ट डार्फर राज्यमा दुर्घटनामा परेको छ। घटनामा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको बताइएको छ।

प्रान्तीय राजधानीबाट उडेको पाँच मिनेटमै विमान दुर्घटना भएको हो। उक्त विमानले जातीय समूहबीच हिंसात्मक द्वन्द्व चर्किएको क्षेत्रमा राहत सहयोग पुर्‍याइरहेको थियो।

सेना प्रवक्ता मोहम्मद अल हसनले समाचार संस्था एफपीलाई बताए अनुसार मृत्यु हुनेमा चालक दलका सात जना सदस्यका साथै तीन जना न्यायाधीश र आठ जना सर्वसाधारण छन्।

विमान के कारण दुर्घटनामा परेको हो भन्ने विवरण हालसम्म यकिन हुन सकेको छैन। हसनका अनुसार त्यसबारे अनुसन्धान हुँदै छ।

वेस्ट डार्फरमा भड्किएको दङ्गामा पछिल्लो एक हप्तामा ४८ जनाको मृत्यु भएको छ भने २४१ जना घाइते भएको सुडानको रेड क्रेसेन्टले जनाएको छ। अरब र अफ्रिकी समूहबीच आइतबार रातिबाट हिंसा भड्किएको थियो जून त्यसपछिका दिन पनि जारी नै रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु

भारतमा ६ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न