सुडानमा सैन्य विमान दुर्घटनाग्रस्त, कम्तीमा १८ जनाको मृत्यु



सुडानको सैन्य विमान वेस्ट डार्फर राज्यमा दुर्घटनामा परेको छ। घटनामा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको बताइएको छ।

प्रान्तीय राजधानीबाट उडेको पाँच मिनेटमै विमान दुर्घटना भएको हो। उक्त विमानले जातीय समूहबीच हिंसात्मक द्वन्द्व चर्किएको क्षेत्रमा राहत सहयोग पुर्‍याइरहेको थियो।

सेना प्रवक्ता मोहम्मद अल हसनले समाचार संस्था एफपीलाई बताए अनुसार मृत्यु हुनेमा चालक दलका सात जना सदस्यका साथै तीन जना न्यायाधीश र आठ जना सर्वसाधारण छन्।

विमान के कारण दुर्घटनामा परेको हो भन्ने विवरण हालसम्म यकिन हुन सकेको छैन। हसनका अनुसार त्यसबारे अनुसन्धान हुँदै छ।

वेस्ट डार्फरमा भड्किएको दङ्गामा पछिल्लो एक हप्तामा ४८ जनाको मृत्यु भएको छ भने २४१ जना घाइते भएको सुडानको रेड क्रेसेन्टले जनाएको छ। अरब र अफ्रिकी समूहबीच आइतबार रातिबाट हिंसा भड्किएको थियो जून त्यसपछिका दिन पनि जारी नै रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष खोजी सूचीमा

रुसले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)का अध्यक्षलाई खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको छ

रूखमा कार ठोक्किँदा मध्य प्रदेशमा पाँच जनाको मृत्यु

भारतको मध्य प्रदेशको उमरिया जिल्लाको राजमार्ग ४३ मा सोमबार बिहान रूखमा एउटा कार

अमेरिकास्थित क्युबाको दूतावासमा पेट्रोल वम आक्रमण

वासिङ्टनस्थित क्युबाको दूतावासमा आइतबार राति एक व्यक्तिले पेट्रोल वम प्रयोग गरी आक्रमण गरेको

क्यानडाका रक्षामन्त्री भन्छन् -भारत र क्यानाडाले समाधानको साझा आधार खोज्नुपर्छ

क्यानाडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानाडाबीच पछिल्लो समय देखिएको तनावलाई मध्यनजर गर्दै