भ्रमणवर्ष उद्घाटनको तयारी पूरा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलन गरी मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पूरा भएको जनाएको हो ।
मन्त्री योगेश भट्टराईले सिंगो मुलुकलाई उल्लासमय बनाउन उद्घाटको दिन दिपावली गर्न आग्रह गरे । मुलुकलाई ‘जुरुक्क उठाउने’ र विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको छ भन्ने सकारात्मक सन्देश दिन भ्रमण वर्षको आयोजना गरिएको उनले बताए ।
सरकारले भ्रमणवर्षको उद्घाटन विशेष कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम छ ।