कालापानी क्षेत्रबाट विदेशी सेना हटाउने यो अवसर होः प्रचण्ड



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमानै नेकपा एक्लैले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् ।

आइतबार चितवनको इच्छाकामना गाउँपालिका कमिटीको शपथ ग्रहणमा कार्यक्रममा अध्यक्ष प्रचण्डले आगामी तीन वर्षको सरकार र पार्टीको कामले नेकपा एक्लैले दुई तिहाइ मत ल्याउने वातावरण सिर्जना गर्ने दाबी गरेका हुन् । उनले कम्युनिष्ट पार्टीले मात्रै राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा र सम्बद्र्ध गर्न सक्ने जिकिर गरे । उनले भने, “यो स्थापित तथ्य हो । अझै बढी मेहनत गरेर आउने दिनमा यसलाई स्थापित गर्नुपर्छ ।”

उनले कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका भूमि भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको कुरामा सरकार, पार्टी गम्भीर रहेको भन्दै एक इन्च भूमि पनि नछोडिने बताए ।

अहिले कालापानी क्षेत्रबाट विदेशी सेना हटाउने सरकारलाई अवसर आएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अङ्कितबाबुको ‘कफी क्रस’

काठमाडौं । गायक तथा सङ्गीतकार अङ्कितबाबु अधिकारीको साङ्गीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको

२५ जनाभन्दा बढी सहभागी हुने गरी कार्यक्रम आयोजना नगर्न सिफारिस

काठमाडौं, सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ

विष्णु खत्रीको ‘हतार भइसक्यो’

विवाहको याम छोपेर लोकगायक विष्णु खत्रीले मौलिक पञ्चेबाजा गीत ‘मलाई हतार भइसक्यो’ बजारमा

‘एमसीसी सच्चा देशभक्त र विदेशी दलालकोबारेमा पर्दाफास गर्ने रेखा हुन्छ’

काठमाडौं । नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा