आइएसद्वारा नाइजेरियामा इसाई बन्धकहरूको घाँटी रेटेर हत्या



जिहादी समूह इस्लामिक स्टेट (आईएस) ले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको हत्या गरेको देखिने एउटा भिडिओ सार्वजनिक गरेको छ।

आईएसले त्यसलाई अक्टोबरमा सिरियामा भएको आफ्ना नेता र प्रवक्ता मारिएको घटनाको बदला अभियानको एउटा अङ्ग भएको बताएको छ।

भिडिओमा देखाइएका पीडितहरूबारे विस्तृत जानकारी दिइएको छैन। आईएसको ‘समाचारसंस्था’ अमाकले उत्पादन गरेको ५६ सेकेन्ड लामो भिडिओमा देखाइएका ती सबै पुरुष छन्। आईएसले उनीहरू नाइजिरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट केही हप्ताअघि नियन्त्रणमा लिइएको जनाएको छ।

भिडिओ डिसेम्बर २६ तारिखमा सार्वजनिक भएको हो। विश्लेषकहरूले स्पष्ट रूपमा क्रिस्मस उत्सवसँग भिडिओ सार्वजनिक गर्ने समय मिलाइएको देखिएको बताएका छन्।

उक्त भिडिओ ठेगाना नखुलाइएको खुला इलाकामा छायाङ्कन गरिएको छ। एक बन्धकलाई गोली हानिएको छ भने अन्य १० जनालाई भुइँमा सुताएर उनीहरूको टाउको काटिएको छ।

आईएसका पूर्वनेता अबु बकर अल बग्दादी र प्रवक्ता अबुल हसन अल मुहाजिर अक्टोबर महिनाको अन्त्यतिर सिरियामा मारिएका थिए।

करिब दुई महिनापछि डिसेम्बर २२ तारिखमा आईएसले उनीहरूको मृत्युको ‘प्रतिशोध’ नयाँ सैन्य अभियान घोषणा गरेको थियो।

त्यसयता उसले अभियानको ब्यानरमुनि विभिन्न देशमा आक्रमण तीव्र बनाएको दाबी गरेको छ।

नाइजिरियाको इस्लामिक समूहको एउटा खेमा बोको हरामले अहिले इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्ल्यूएपी) को ब्यानरमा लडाइँ गरिरहेको छ। गत वर्ष आईएसडब्ल्यूएपीले स्वास्थ्यकर्मीको हत्या गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनी भूभागमा भएको जनमतसङ्ग्रहमा आफूले जित हासिल गरेको रुसको दाबी

रुसी नियन्त्रणमा रहेका युक्रेनी क्षेत्रमा चारवटा जनमतसङ्ग्रह सकिएका छन् । त्यहाँ भएको मतदानलाई

इन्डोनेसियामा पहिरोमा परी ६ जनाको मृत्यु, तीन बेपत्ता

इन्डोनेसियामा पहिरोमा परी मङ्गलबार कम्तीमा छ जनाको मृत्यु भएको छ । परम्परागत सुन

आइएमएफको ऋणको बाबजुद पाकिस्तानी रुपैयाँको गिरावट

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को ऋण प्रवाहको बावजुद पाकिस्तानको मुद्रामा लगातार गिरावट आइरहेको

बाढीपछि पाकिस्तानमा डेङ्गुको सङ्क्रमण बढ्दै

यसवर्षको मनसुनी वर्षामा आएको बाढीबाट ठूलो पुगेको क्षति पुगेको पाकिस्तानमा पछिल्ला केही हप्तायता