एक सय जना यात्रु सवार बेक एयरको विमान कजाकस्तानमा दुर्घटनाग्रस्त, कम्तीमा १४ जनाको मृत्यु



कजाखस्तानमा १०० जना यात्रु चढेको एउटा विमान दुर्घटनाग्रस्त भएको विमानस्थलका अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार बेक एअरको उक्त विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो।

आपत्कालीन सेवाका कर्मचारीहरूलाई दुर्घटनास्थलमा पठाइएको छ। कम्तीमा १४ जनाको ज्यान गएको पुष्टि गरिएको छ। कम्तीमा ६० जना मानिसहरूलाई जीवितै उद्धार गरी अस्पताल लगिएको छ।

उक्त विमान देशको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको थियो। अल्माटी विमानस्थलका अनुसार विमानमा ९५ जना यात्रु र पाँच चालक दलका सदस्य थिए।

विमान कङ्क्रिटको एउटा संरचनामा ठोकिएपछि एउटा दुईतले भवनमा जोतिएको बताइएको छ। उद्धारकर्मीहरू दुर्घटनास्थलमा पुगेको भिडिओ सार्वजनिक भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८