एक सय जना यात्रु सवार बेक एयरको विमान कजाकस्तानमा दुर्घटनाग्रस्त, कम्तीमा १४ जनाको मृत्यु



कजाखस्तानमा १०० जना यात्रु चढेको एउटा विमान दुर्घटनाग्रस्त भएको विमानस्थलका अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार बेक एअरको उक्त विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो।

आपत्कालीन सेवाका कर्मचारीहरूलाई दुर्घटनास्थलमा पठाइएको छ। कम्तीमा १४ जनाको ज्यान गएको पुष्टि गरिएको छ। कम्तीमा ६० जना मानिसहरूलाई जीवितै उद्धार गरी अस्पताल लगिएको छ।

उक्त विमान देशको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको थियो। अल्माटी विमानस्थलका अनुसार विमानमा ९५ जना यात्रु र पाँच चालक दलका सदस्य थिए।

विमान कङ्क्रिटको एउटा संरचनामा ठोकिएपछि एउटा दुईतले भवनमा जोतिएको बताइएको छ। उद्धारकर्मीहरू दुर्घटनास्थलमा पुगेको भिडिओ सार्वजनिक भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानका वरिष्ठ सहयोगी पक्राउ

पाकिस्तानका पूर्व गृहमन्त्री तथा अपदस्थ नेता इमरान खानका बरिष्ठ सहयोगीलाई बिहीबार पक्राउ गरिएको

नयाँ नोटमा बेलायती नरेशको तस्बिर नछाप्ने अष्ट्रेलियाको घोषणा

अष्ट्रेलियाले आफ्नो ब्याङ्कनोटमा बेलायती नरेशको तस्बिर नछाप्ने घोषणा गरेको छ । अष्ट्रेलियाको केन्द्रीय

रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला

बिहीबार पूर्वी युक्रेनको एक अपार्टमेन्ट भवनको भग्नावशेषमा बचेकाहरूलाई रुसी आक्रमणले ध्वस्त पारेपछि उद्धारकर्ताहरूले

पाकिस्तानद्वारा १२० गैरकानुनी अफगान नागरिक रिहा

पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध बिग्रँदै गएको बीचमा इस्लामावाद सरकारले सिन्ध प्रान्तबाट गैरकानुनी थुनामा