प्रहरी भन्छ -एकल महिला र युवा चिनियाँ नागरिकको ठगीको निशाना



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले चिनियाँ प्रहरीको सूचनाको आधारमा आपराधिक गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

बुधबार पत्रकार सम्मेलन गरी सीआइबीले चिनियाँ प्रहरीको सूचनाका आधारमा थालिएको निगरानीपछि १२२ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो ।

सीआइबीका डिआइजी निरजबहादुर शाहीले चिलीमा आयोजित इन्टरपोलको ८८ औं सम्मेलनमा चिनियाँ प्रहरीले चिनियाँ नागरिकहरु पर्यटक भिसामा नेपाल आएर आपराधिक कृयाकलापमा संलग्न रहेकाले सहयोग गर्न आगह गरेपछि निगरानी सुरु गरेको बताए ।

डिआइजी शाहीले तारकेश्वर नगरपालिकाको मनमैजमा ५ घर, बाँसबारीमा ३ र बूढानिलकण्ठमा १ घरमा छापा मारेको जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले ठूलो संख्यामा मोबाइल, ल्यापटप र सीमकार्ड लगायतका सामान बरामद गरेको छ ।

उनीहरुले विधुवा महिला, धनी महिला, युवावर्ग र व्यापारीहरुलाई जालमा पारी अनलाईन च्याट गराउने, नक्कली वेव बनाएर पैसा आउने लोभ देखाउँदै ठग्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरुमाथि अभद्र व्यवहारमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

तपाईंले बौद्ध धर्म, दर्शन र साहित्य पढ्नुभएन भने लुम्बिनीमात्रै बुद्धभूमि हो जस्तो लाग्छ

नारायण गाउँले । गौतम बुद्धको भूगोल मूलतः नेपालको लुम्बिनी अञ्चलदेखि भारतको उत्तरप्रदेश र

हामी ज्ञानी छौं भन्ने अज्ञानता र भ्रम हाम्रो मुख्य सत्रु हो

डा. युवराज संग्रौला । अब यो लोकतन्त्रको प्राण छैन । हाम्रो जस्तो आर्थिक

दीक्षा, शिक्षा र विद्या

डा. गोविन्दशरण उपाध्याय । आफ्नो गोत्र, बंश, परम्परा तथा मूलसंग जोडिन सुयोग्य गुरू