सरकार निरंकुशतातर्फ गयोः बाबुराम भट्टराई



काठमाडौं । समाजावादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान संशोधनको मुद्दा लिएर अब आफूहरु सडकमा जाने बताएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिन बुधबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले पहिचानमा आधारित संघीयता, शासकीय स्वरुप, नागरिकताको विषय, महिलाहरुको विभेदका विषयहरु पार्टी मुद्धा आफूले पहिलेदेखिनै उठाएको बताए ।

उनले संशोधनका लागि सरकारमा भएको समयमा सडकमा गएर दबाव दिन नमिल्ने अवस्थामा संसद र छलफलबाट कुरा अगाडी बढाउनुपर्छ भन्ने आफूहरुको ध्येय भएपनि प्रधानमन्त्री नै त्यसबाट पछि हटेकाले अब आफूहरु सडकमा जाने बताए । उनले भने, ‘अब उहाँहरुले नै बाटो खोल्नुभएको छ । अब सडकमा जान्छौँ ।’

भट्टराईले सरकार निरंकुशतातर्फ जाँदै गरेको आरोप लगाए । सरकारले ल्याएका केही मानव अधिकार विधेयक र सञ्चार विधेयक, व्यक्तिका निजी गोपनियतालाई समेत उल्लंघन गर्ने गरि गुप्तचर परिचलन गरी अधिकार दिनुले पनि सरकार निरंकुशतातर्फ गएको स्पष्ट भएको उनले बताए । सरकारी सम्पत्ति र राजदरबारबाट खोसेको सम्पत्ति कौडीको मूल्यमा दिएर सरकारले राष्ट्रघात गरेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति