चीनले भन्यो -चिनियाँ नागरिक पक्राउ गर्न दुई देशको संयुक्त अपरेशन



काठमाडौं । चीनले गैरकानुनी गतिविधिमा संलग्न १२२ चिनियाँलाई नेपालसँगको संयुक्त सहकार्यमा पक्राउ गरेको बताएको छ । मंगलबार चीनको विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गेङ सुवाङले चिनियाँ र नेपाल प्रहरीको संयुक्त सहकार्यमा उनीहरू पक्राउ परेका जानकारी गराएका हुन् ।

प्रवक्ता सुवाङले उनीहरु नागरिक सीमापार ‘साइबर फ्रड’मा संलग्न भएको बताएका छन् । उनले नेपालसँग थप सहकार्य गरी कानुन कार्यन्वयनमा काम गर्ने, सीमापार अपराध लगायतका काम गर्ने जानकारी दिएका छन् ।

सोमबार प्रहरीले काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रमा संयुक्त अपरेशन चलाएको थियो । त्यसक्रममा चिनियाँ नागरिकहरू भिसा अवधि सकिसक्दा पनि अबैध रुपमा बसेको, आइटी, होटल लगायतका क्षेत्रमा काम गर्ने गरेको पाइएको छ ।

एउटै घरमा २५ देखि ३० जनासम्म बसेर काम गरिरहेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

‘दुई कदम’को मुस्ताङमा छायाँकन हुँदै

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘दुई कदम’को छायाँकन यतिवेला धमाधम