नयाँदिल्लीस्थित एक कपडा गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु



भारतको नयाँ दिल्लीस्थित एउटा कपडा गोदाममा आगलागी हुँदा नौजनाको मृत्यु भएको छ । दिल्लीको किरारी क्षेत्रमा रहेको तीन तले भवनको भुँइतलामा रहेको कपडा गोदाममा आइतबार मध्यराति आगलागी हुँदा उक्त घटना भएको हो ।

मृत्यु हुनेमा तीन बालबालिकासमेत रहेका छन् । आगलागी भएको भवनमा सुरक्षाको प्रबन्ध अत्यन्त कमजोर रहेको र एउटा मात्रै साँघुरो भर्याङ रहेको बताइएको छ । खाना पकाउने ग्यास सिलिण्डर पड्केर आगलागी भएको अनुमान छ ।

दुई साताभित्रै नयाँदिल्लीमा आगलागीको यो दोस्रो घटना हो । यसअघि ८ डिसेम्बरमा दिल्लीकै रानी झाँसी रोडमा रहेको पुरानो अनाज मण्डी बजारमा रहेको भवनमा बिजुलीको तार सट भएर आगालागी हुँदा ४३ जनाको मृत्यु भएको थियो । दिल्लीमा आगलागी घटना बढ्दै गएपछि भवनहरुको सुरक्षा प्रबन्धलाई लिएर प्रश्न उठ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही