नेकपा स्थायी कमिटीः राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित, एमसिसीको जिम्मा सचिवालयलाई



काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावलाई संशोधनसहित पारित गरेको छ ।

बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का बारेमा उठेका विषयहरुबारे थप छलफल गर्ने जिम्मा सचिवालयलाई दिइएको स्थायी समिति सदश्य भीम रावलले जानकारी दिए ।

बैठकमा रावल लगायतका नेताले एमसिसी सम्झौता नेपालको हितमा नभएको र यो इन्डो प्यासिफिक रणनीति अन्तर्गत हो कि होइन भन्नेमा सरकारले प्रष्ट पार्नुपर्ने भन्दै प्रश्न उठाएका थिए । बैठकमा उठेका प्रश्न र आशंकामाथि सचिवालयले छलफल गर्ने रावलले बताए । बैठकले अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवदेन परिमार्जनसहित पारित गरेको छ ।

बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको सांगठनिक प्रस्तावको प्रस्तावना र अन्य केही बुँदामा परिमार्जनसहित केन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय भएको पनि रावलले बताए । स्थायी कमिटी बैठकले महाकालीको मूल लिम्पियाधुरा रहेको भन्दै लिम्पियाधुरासहित लिपुलेक र कालापानी नेपालको भूभाग रहेको भन्दै भारतले एकपक्षीय रुपमा निर्णय गरेर सार्वजनिक गरेको नक्सालाई अस्वीकार र अमान्य घोषणा गरेको छ ।

नेपाली भूभागबाट भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविरहरु हटाउनका सरकारले गरेको पहल र तयारीलाई स्वागत गर्ने निर्णय पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना