हिन्दुराष्ट्र तथा राजाको विषयमा कमल थापाले कसैसँग पनि सम्झौता गर्ने छैनन्ः गणेश थापा



काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वअध्यक्ष गणेश थापाले नक्कली राजावादीहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कमजोर बनाएर राजा तथा हिन्दूराष्ट्र पुनस्र्थापना गर्नको निमित्त सहयोग पुग्दैन भन्ने कुरा बुझ्न जरुरी भएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत थापाले सम्पूर्ण देश नै गणतन्त्रमय तथा धर्मनिरपेक्ष भएको अवस्थामा एक्लो व्यक्ति जसले आफ्नो ज्यानै बाजी राखेर यसको निमित्त लड्ने र बोल्ने साहस राख्ने ब्यक्तिलाई सिद्धान्त छोड्यो भनेर हिजो गणतन्त्रवादी र धर्मनिरपेक्षलाई स्वीकारिसकेका व्यक्तिहरुबाट कमल थापाले आफ्नो सिद्धान्त छोडिसक्यो भनेर कुन मुखले बोलिरहेका छन् भनी प्रश्न गरेका छन् ।

उनले यस्ता व्यक्तिहरु कसको इशाराबाट परिचालित छन् भन्ने कुरा बिस्तारै थाहा हुने उल्लेख गरेका छन् । उनले भनेका छन्,‘एउटा कुरा बुझ्न के पनि जरुरी छ भने कमल थापाले हिन्दुराष्ट्र तथा राजा को विषयमा कसैसँग पनि सम्झौता गर्ने छैन भने त्यस्तै यो देशमा शान्ति तथा विकास होस् भन्ने कुरामा पनि तेत्तिकै जिम्मेवार हुनुपर्दछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी