संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै



काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अपरान्ह ४ बजे आव्हान गरेकी हुन् ।

अधिवेशन सुरु भएपछि प्रतिनिधिसभा बैठकमा राष्ट्रपति भण्डारीबाट अधिवेशन आहृवानका लागि प्राप्त पत्र पढ्ने कार्यसूची तय भएको छ । त्यसपछि सभामुख कृष्णबहादुर महराले पदबाट दिएको राजीनामा पढेर जानकारी गराइने कार्यसूची रहेको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

त्यस लगत्तैअघिल्लो अधिवेशन अन्त्य भएपछि निधन भएका ४ पूर्व सांसदको मृत्युमा शोक प्रस्ताव पारित गरिनेछ । अघिल्लो अधिवेशन अन्त्य भएपछि पूर्वसांसदहरू हरि वैरागी दाहाल, रामेश्वर ढुंगेल, रामलखन महतो र कमला सुवेदीको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा